२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

झुन्डिएको अवस्थामा भेटिए नवबिबाहित महिला

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

जीतेन्द्र कुमार राम
जनकपुरधाम,१६ असार।लकडाउनले मानविय जिवनलाइ तहसनहस बनाएको छ।बिगत तीन महिनाभन्दा बढी लकडाउन अबधी लम्बिदा मानविय जीवनमा तनाव थपिदा कोहि सहेर रहेका छन भने कतिपयले सह्न नसक्दा आत्महत्या गरि आफ्नै ज्यान गुमाएका घटनाहरु थुप्रै छन।

कहि सामाजिक तनाव,आर्थिक तनाव त कहि पारिवारिक।तर तनावले मानव सोचन शक्तिलाई कमजोर पारेकै छन।अन्त्वोगत्व मान्छे आत्महत्याको बाटोको रोजेका छन।

यस्तैमा धनुषाको सवैला नगरपालिकामा एक नवबिबाहिता महिला आफ्नै सुत्ने कोठामा दिउसै झुन्डिएको अवस्थामा भेटिएकी छिन।असारे मसान्तमा घरपरिवारका श्रीमान बाहेक सवै परिवारजन खेतमा धान रोप्न गएका समय दिउँसो ३:१५ बजे जनकपुरधाम उपमहानगरपालिका १६ महुवा कपलेश्वर माइती रहेकी तथा सवैला नगरपालिका ३ ससुराली रहेकी अन्दाजी बर्ष २२ कि अमृता देवि महरा घरको छानाको बांसमा दुपट्टाले पासो लगाइ झुन्डिएको भेटिएकी छिन।

निज मृतक को श्रीमान शंकर महराले अमृता संग गत जेठ २५ गते लकडाउनमै बिहे गरेको थियो।श्रीमान शंकरका अनुसार उनिहरुबिच एकहप्ता देखि बोलचाल बन्द रहेको,रातीको समय कहिल्यै खाना नखाने,फोनमा बढी तथा चुपचाप बस्ने जस्ता कार्य गर्दै आएको जनाइएको छ।

लकडाउन अबधिमा सवैला नगरपालिकामा झुन्डिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।जसमा महिला र पुरुषहरु रहेका छन।

लासलाइ पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सवैलाका इन्चार्ज चन्द्रभुषण यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]