२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

नागरिकता विधेयकबिरुद्वको आन्दोलनमा जसपाको शक्ति प्रदर्शन ( फोटो फिचर )

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ असार । सात बर्षपछि अंगीकृत नागरिकता दिन लागिएको प्रावधानबिरुद्वको आन्दोलन चर्किदैं गएको छ । मंगलबार प्रदेश २ का सबै जिल्लासहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भएको छ ।

प्रदेश २ को आठ वटै जिल्लामा जनता समाजवादी पार्टीद्वारा बिरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी जनकपुरधामसहित जिल्लामा यी पार्टीका नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

तत्कालिन समाजवादी र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि पहिलो पटक मंगलबार यी पार्टीका नेता÷कार्यकर्ता एक भएर सशक्त आन्दोलनमा लागेका हुन् ।

जनकपुरधाममा प्रदेशका मन्त्री र सांसदले समेत सहभागिता जनाएका छन् । जनकपुरधाम र राजविराजमा भएको प्रदर्शनमा प्रदेशका मन्त्रीहरु सहभागिता भएका छन् ।

जनकपुरधाममा गरिएको प्रदर्शनमा ३ जना मन्त्रीले सहभागिता जनाएका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र भूमी, व्यवस्था कृषि तथता सहकारी मन्त्री शैलेन्द्र साह प्रदर्शनमा सहभागी भए ।

स्थानीय जनक चोकबाट निकालिएको बिरोध ¥याली जनकपुरधामको बिभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा आई केहि बेर धर्ना दिएर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी भएका मन्त्री भने धर्ना दिएर गएका थिए ।

कोणसभामा संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांसद रामाशिष यादव, परमेश्वर साह, जनकपुरधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साहसहितकाले मन्तव्य दिदैं ७ बर्षे प्रावधानसहितको नागरिकता विधेयक नसच्चयाएसम्म आन्दोलन जारी रहने बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह आफ्नो गृह जिल्ला सप्तरीमा आयोजित प्रदर्शनमा सहभागिता जनाएका छन् ।

सदरमुकाम राजविराजमा जनता समाजवादी पार्टीद्वारा निकालिएको बिरोधमा सहभागिता जनाउँदै मन्त्री साहले स्थानीय जनआन्दोलन चोकमा आयोजित कोणसभामा भाषण समेत दिएका छन् । कोणसभामा बोल्दै मन्त्री साहले नागरिकता विधेयक नसचिएसम्म आन्दोलन जारी रहने बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]