२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

राजु सदाको न्यायका लागि भएको आन्दोलनमाथि प्रहरी दमन हुनु निन्दनीय

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

मनोज बनैता
सिरहा,१८ असार । जनकपुरधाम प्रादेशिक अस्पतालमा मा उपचार को क्रममा मृत्यु भएको राजु सदा  को न्याय का लागि दलित हरू ले गरेको अान्दोलन माथि प्रहरी दमन हुनु अति निन्दनीय कार्य भन्दै जसपा का युवा नेता अनिल महासेठले गहिरो असन्तुष्टि ब्यक्त गरेका छन ।

युवा नेता महासेठले प्रहरी दमनको घोर निन्दा का साथ दोसी माथि कडा कार्वाहीको माग गरेका छन । उनले दिएको जानकारी अनुसार यस सम्बन्ध मा प्रदेश सभा जनकपुरधाम ले गठन गरेको मा. रबिन्द्र बैठा को सन्योजक्त्वको समिति ले हिजो देखि छानबिन सुरु गरिसकेको छ।

सभामुख मा. सरोज कुमार यादव र मुख्य न्याधिबक्ता दीपेन्द्र झा ले पनि  छानबिन समिती को रिपोर्ट को आधार मा दोसि मा कारबाही गराउने प्रतिबधता व्यक्त गर्नु भएको जानकारी महासेठ ले दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]

जनकपुरधाम। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]