३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

राजु सदाको मृत्युबारे अध्ययन गर्ने संसदीय समितिको म्याद थप प्रदेश सरकारको अझै सकिएन छानबिन

Logo
प्रकाशित बुधबार, आषाढ २४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २४ असार । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका राजु सदाको मृत्युबारे अध्ययन गर्न बनेको संसदीय समितिको ५ दिनको म्याद थप गरिएको छ ।

प्रदेश २ सभाको गत असार १४ गतेको बैठकले धनुषाको हंसपुर नगरपालिका ७ निवासी राजु सदाको मृत्युबारे अध्ययन गर्न नेकपा सांसद रबीन्द्र बैठको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो । समितिलाई अध्ययन गर्न अझ समय लाग्ने भएकाले ५ दिनको म्याथ थप गरिदिन संयोजक बैठाले मंगलबारको प्रदेश सभा बैठकमा आग्रह गरेका थिए ।

बैठाले राजु सदाको घर तथा उनलाई राखिएको क्वारेन्टिनको स्थलगत अवलोकन र सरोकारबालासँग छलफल गरिसकिएको बताए । उनले अहिले उनको मृत्यु सम्बन्धी कागजातहरु प्रादेशिक अस्पतालबाट लिएर अध्ययन गरिरहेको जनाउँदै ५ दिनका लागि समय थप गरिदिन आग्रह गरेपछि प्रदेश सभाले म्याद थप गर्ने अनुमति दिएको छ ।

बैठाको संयोजकत्वमा बनेको अध्ययन समितिमा सांसदहरु, चमेली देवी दास, सुरिता कुमारी साह, नरेश कुमार यादव र सावित्री देवी साह सदस्य छन् ।

प्रदेश सरकारले राजु सदाको मृत्युबारे गठन गरेको छानबिन समितिले भने कार्यलाई पूर्णता दिन सकेको छैन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव दिलिप कुमार प्रधान सदस्य रहने गरी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत असार ११ गते समिति बनाएको थियो । समितिलाई ७ दिनभित्र प्रतिवेदन दिन भनिएको थियो ।

तर झण्डै दुई साता बित्दा पनि समितिले प्रतिवेदन दिन सकेको छैन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले अहिले अस्पतालमै केन्द्रीत रहेर समितिले काम गरिरहेको बताए । उनले अस्पतालको अनुसन्धान सकिए लगत्तै राजु सदाको घर तथा क्वारेन्टिनमा गएर स्थलगत अवलोकन र छानबिन गरी चाँडै प्रतिवेदन तयार हुने उनले बताए ।

गत जेठ ३ गते भारतको अहमदावादबाट आएका हंसपुर नगरपालिकाका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । यहाँ उनको आरडिटी टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो ।

राजुलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो । तर, स्वाबको रिपोर्ट आउन एक साता समय लागेको थियो । त्यहीं बीचमा आइसोलेसनमा छटपटिएका थिए उनी । असार ९ गते स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आकस्मिक कक्षमा ल्याइएको थियो । जहाँ उनको असार ९ गते राति नै छटपटिएर ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]