३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

बिधालय समितिको अध्यक्ष बनाएकोमा धन्यवाद दिदै राजीनामा

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

मनोज बनैता

सिरहा, ३ श्रावण । लाहान नगरपालिकाको शिक्षा समितिले बिधालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा लाहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्तालाई नियुक्त गरे लगत्तै गुप्ताले उक्त पदबाट राजिनामा दिएका छन । नियुक्ति पत्रलाई उच्च सम्मान र शिक्षा समितिलाई धन्यवाद ज्ञापन गर्दै उनले खुशी खुशी राजीनामा दिएको नगरपालिका श्रोतले जनाएका छन ।

अध्यक्ष गुप्ता ले आफू पशुपति आदर्श उच्च मा. बि लहानको बिधालय ब्यवस्थापक समितिमा वडा अध्यक्षको हैसियतले जिम्मेवारी वहन गर्ने भन्दै राजीनामा दिएका छन । उनले भने  ‘पदेन सदस्यको जिम्मेवारी मा छदैछु अत: बिधालय ब्यवस्थापन समिति को  अध्यक्ष पदमा अरु नै कुनै योग्य ब्यक्तिलाई राख्न अनुरोध गर्दछु ।

अध्यक्ष गुप्ताको यस निर्णयलाई उच्च सम्मान गरिएको छ । वर्तमान राजनैतिक अवस्थामा पदिय लोभले आकाश छोईरहेको बेला वडा अध्यक्ष गुप्ताले अरु कुनै योग्य ब्यक्तिको लागि दिईएको पद त्याग गर्नु उदाहरणीय भएको स्थानियले बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]