२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

आकस्मिक कक्ष सञ्चालन, १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१० श्रावण । सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबार राति ७ बजेदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताउनुभयो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय एक बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक कक्षका बिरामीलाई अन्य वार्डमा सारी आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ । आकस्मिक कक्ष निसङ्क्रमण पश्चात बिरामीलाई पुनःअकास्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको डा झाले जानकारी दिनुभयो ।

बिरामीमा कोरोना पोजेटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित दुई ओटा होटेलमा क्वारेन्टिनमा राखिएको हो । क्वारेन्टिनमा पठाइएका एक जना चिकित्सक भने होटल नगई राजविराजस्थित निजी अस्पतालमा खटिरहेका छन् ।

राजविराज–६ निवासी ७३ वर्षीय व्यापारीको साउन १ गते राति मृत्यु भएपछि मृतकको परिवारका पाँच जना सदस्यका साथै घरसँगै रहेको उनको पसलमा काम गर्ने दुई जना कामदार, सरसफाई गर्ने महिला, छिमेकी दम्पती, चिया पु¥याउने पसलेको परिवारका चार जना पनि सङ्क्रमित भएको पुष्टि भएको थियो ।

पसलमा कार्यरत सङ्क्रमित एक कामदारकी श्रीमती, छोरी, भतिजा र भतिजी तथा अर्का कामदारकी ३२ वर्षीया श्रीमती पनि सङ्क्रमित भएकी छिन् । उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत छिन् । सङ्क्रमित सरसफाई गर्ने ३६ वर्षीया महिला पनि अस्पतालमा कार्यरत सरसफाई कर्मचारी हुन् ।

अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालका सबै १९८ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा ४६ जना बिरामीको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा विष खाएर उपचाररत बिरामीमा शुक्रबार साँझ सङ्क्रमण देखिएको थियो । अन्य सबै कर्मचारी, चिकित्सक र बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ । यता आकस्मिक कक्षमा कार्यरत १४ जना स्वास्थ्यकर्मी क्वारेन्टिन भएपछि अस्पतालको सेवा प्रभावित भएको डा। झाले बताउनुभयो । सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढेर ४२६ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]