२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सप्तरीमा एकै दिन ४३ जना कोरोना जितेर घर फिर्ता

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,२२ श्रावण । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् ।

उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर फर्किँदा एक पुरुष र तीन महिला आइसोलेसन केन्द्रमा भर्ना भएको अस्पतालले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमित बिरामी निको भएर फर्किनेको सङ्ख्या ३८४ पुगेको छ । जसमा ३८ महिला छन् । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज मातहत रहेको राजविराजस्थित साइकृष्णा हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा उपचाररत बिरामी निको भएर घर फर्किएपछि हाल १३ महिला र ८८ पुरुष गरी १०१ आइसोलेसन केन्द्रमा छन् ।

सप्तरीमा सङ्क्रमित हुने ५३९ मध्ये आइसोलेसन केन्द्रमा ५१ महिलासहित ४८५ जना भर्ना भएका थिए । सङ्क्रमतिमध्ये राजविराज नगरपालिका–६ सिरहा रोडका ७३ वर्षीय पुरुषको साउन १ गते र रुपनी गाउँपालिका–५ धुरगाउँका ४२ वर्षीय पुरुषको साउन २० गते मृत्यु भएको थियो । बाँकी ५२ जना होम आइसोलेसनमा रहेकामध्ये पनि अधिकांश निको भइसकेको डा झाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]