१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

कमला नगरपालिका पनि भाद्र १ सम्म बन्द

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ श्रावण । प्रदेश नम्बर २ मा कोरोना भाइरसको बढ्दो त्रासका कारण धनुषाको कमला नगरपालिकामा अति अत्यावश्यक कार्य बाहेक सम्पूर्ण कामकाज सोमबारदेखि बन्द गरिएको छ ।

कमला नगरपालिकाले एक सूचना जारी गरि सोमबारदेखि कार्यालयका अति अत्यावश्यक काम बाहेक सम्पुर्ण कामकाज बन्द गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखी भाद्र १ सम्मको लागी नगरपालिकाको ९ वटै वडा कार्यलयबाट प्रभाव हुदै आएको अनि आवश्यक सेवाहरु बाहेक सम्पुर्ण कामकाज बन्द गरेको नगरप्रमुख रामउदगार गोइतले बताए।

नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कताका साथ असहज परिस्थितिमा सम्पुर्ण नगरबासीबाट सहयोगको लागी नगरप्रमुख गोइतले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]