०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

राहत वितरणमा अनियमितताः छानबिनको माग

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

राजु विश्वकर्मा
सिरहा , २९ श्रावण । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् ।

सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका हुन् ।

औरही गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन अगाडि प्लेकार्डसहित युवाले हिजो प्रदर्शन गर्दै कोरोना भाइरस नियन्त्रणका नाममा ठूलो अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका नाममा सिरहाको लहान नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै नेपाली काँग्रेसका नेता महेश चौधरीले सूचना माग गर्नुभएको छ ।

नेपाली काँग्रेसका राज्यव्यवस्था समितिका सदस्यसमेत रहनुभएका चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम भुसालसँग सूचना माग गर्नुभएको हो । सूचनाको हक प्रयोग गरी सूचनाका लागि नगरपालिकामा निवेदन दर्ता गराएको चौधरीले जानकारी दिनुभयो ।

कोरोना महामारीका बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, इन्धन खर्च, क्वारेन्टिन व्यवस्थापनका लागि खरिद गरिएको सामग्रीको खरिद मूल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मूल्यसहित सूचना माग गरिएको छ ।

त्यस्तै कोरोना सङ्क्रमण नियन्त्रण तथा राहत वितरणका बेला बजार मूल्यभन्दा बढीमा समान खरिद गरिएको भन्दै सिरहा नगरपालिकामा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]