२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई विना शर्त रिहा गर्न समर्थकहरुको माग 

Logo
प्रकाशित मंगलबार, भाद्र ०२, २०७७

सिरहा, २ भदौ । नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई प्रहरीले पक्राउ गरेको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन । सामाजिक अपराधको विरोधमा प्रहरीमा उजुरी गर्न जाँदा उल्टै हिन्दु र मुस्लिम समुदायबीच अफवाह फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको समर्थकहरुको आरोप रहेको छ ।

साहले समाजिक अपराध विरुद्ध आवाज उठाउदा समाजिक सद्भाव खलबलाएको भन्दै सप्तरी प्रहरीले उनलाई गिरफ्तार गरेको समर्थकहरुको भनाई रहेको छ ।  सप्तरीको कडरवोनास्थित एक किशोरीलाई विगत १ वर्षदेखि सोही स्थानका एक ४० बर्षिय पुरुषले सताइरहेको, दुःख दिरहेको जानकारी पाएपछि साहले प्रहरीमा उजुरी गर्न गएको बेला उनलाई पक्राउ गरिएको बताइएको छ । किशोरीलाई दुःख दिने पुरुषलाई कार्वाहीको माग गर्दै स्थानीय प्रहरीमा रिपोर्ट गर्न जाँदा सताउने व्यक्तिको समुदायले सो कुराको भनक पाएर पहुँचबाला व्यक्तिसँगको दबाबमा साहलाई तत्कालै पक्राउ गरिएको साहको तर्फबाट वकालत गरिरहेका अधिबक्ता विनोद पाण्डे जानकारी दिए ।

जाहेरी बिना नै उजुरी गर्न गएको साहलाई उल्टै पक्राउ गरी थुनामा राखिएको उनका समर्थकहरुले जनाएका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक राजाराम केसरीले सामाजिक संजालमा शान्ती सुरक्षा माथि आँच आउने किसिमको सामग्री राखेपछि प्रहरी प्रतिबेदनको आधारमा उनी माथि मुद्दा चलाएको बताए ।

यता, उनका समर्थकहरुले  प्रदेश २ का मुख्यमन्त्री राउतको दबाब र प्रभावमा परेर नेपाल प्रहरीले उनलाई बिना कारण पक्राउ गरिएको सामाजिक संजालहरुमा लेख्दै आएका छन् ।

फेसबुक र ट्वीटरमा साहको समर्थकले विष्णु प्रताप साहलाई रिहा नगरे यसपछि सृजना हुने अवस्थाको जिम्मेवारी मुख्यमन्त्री लालबाबू राउतले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]