०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजविराजका पूर्वउपप्रधानपञ्चको निधन

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,५ भदौ । राजविराज नगरपालिकाका पूर्वउपप्रधानपञ्च मुरारी उपाध्यायको ७६ वर्षका उमेरमा आज निधन भएको छ ।

नेपाली काँग्रेस सप्तरीका पूर्वक्षेत्रीय सभापतिसमेत रहनु भएका उपाध्यायको उपचारका क्रममा काठमाडौंँको ग्राण्डी हस्पिटलमा मृत्यु भएको उहाँको परिवारका सदस्यले जनाएका छन् ।

बिद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उपाध्याय विसं २०४४ वैशाखमा भएको निर्वाचनमा राजविराजको उपप्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४३ साल चैतमा भएको निर्वाचनमा राजविराजका चार वडामा धाँधली भएको जनाउँदै अनशनलगायत आन्दोलन सफल भएपछि २०४४ वैशाखमा राजविराजका सबै वडामा पुनःनिर्वाचन भएको थियो ।

बिरामीको सेवा र अस्पतालमा कुरुवा बस्न अन्तिम समयसम्म अग्रसर रहने उपाध्याय निडर, क्रान्तिकारी र सामाजिक व्यक्तित्व भएको उहाँसँगै प्रधानपञ्च बन्नुभएका गोविन्द सिंहले बताउनुभयो ।

ज्वरो र निमोनिया भएपछि एक साताअघि उपचारका लागि उहाँ काठमाडौंँ जानुभएको थियो । उपाध्यायका श्रीमती, दुई छोरा र ३ छोरी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]