२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

राजश्व परामर्श समितिले काम थाल्यो

Logo
प्रकाशित मंगलबार, भाद्र ३०, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौँ, ३० भदौ । सरकारले राजश्व परिचालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक सुझाव दिन तथा सिफारिस गर्न नेपाल हालै गठन गरेको राजश्व परामर्श समितिले कार्यारम्भ गरेको छ ।

त्रिपुरेश्वरस्थित भन्सार विभागको परिसरमा कार्यालय स्थापना गरेर काम थालेको समितिको पहिलो बैठकले समितिको नियमावलीको मस्यौदा तयारी, वाार्षिक बजेट तथा कार्ययोजना तथा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि आवश्यक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

समितिले राजस्व नीति, कर संरचना र कार्यप्रकृयाको मूल्याङ्कन गर्ने, लगानी मैत्री वातावरण र कर प्रणालीको विकास गर्न सुझाव दिने, अन्तर्राष्ट्रिय कर, कर छुट तथा दोहोरो करमुक्ति सम्झौताको अध्ययन एवं विश्लेषण गरी सुझाव दिने, नयाँ कर लागू गर्ने, कुनै कर खारेज गर्ने, करका दरहरुमा गर्नुपर्ने परिवर्तनसम्बन्धी विषयमा र वर्तमान राजश्वसम्बन्धी ऐन कानूनको प्रभावकारी कार्यान्वयन भएनभएको सम्बन्धमा अध्ययन–विश्लेषण गरी उचित राय पेश गर्ने जिम्मेवारी पाएको छ ।

यसैगरी तीन तहका सरकारहरुले लगाएका करहरुको अध्ययन गरी दोहोरोपना आउँन नदिन सुझाव दिने, राजश्व सम्बन्धमा भएका अध्ययन अनुसन्धानको विश्लेषण गरी सुझाव पेश गर्ने, नेपाल सरकारको राजस्व सम्बन्धी वौद्धिक केन्द्रको रुपमा कामगर्ने कार्यादेश दिइएको छ । सरकारले विकास समिति ऐनअनुसार उक्त समिति गठन गरेको हो । समिति गठनको सूचना गत माघ २० गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए। लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने […]