१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

रोग नियन्त्रणले किसान खुशी

Logo
प्रकाशित शुक्रबार, आश्विन २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ असोज । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् ।

पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु आई समाधान गरीदिनाले किसानलाई ठूलो सहयोग तथा सुविधा पुगेको किसान रामदेव साहको भनाइ छ ।

पशुहरुमा रोग लागेर किसान प्रभावित भएका बेला नगरपालिकाले प्रदेश नं २ बाट विशेषज्ञ टोली ल्याइ सुक्ष्म तरिकाले रोगको अध्ययन अनुसन्धान गरी रोगलाई नियन्त्रण गरेकाले किसान औधी खुशी भएको खिलानाथ पोखरेलले बताउनुभयो । कोरोना भाइरसले थलिएको अवस्थामा पशुहरुमा समेत ‘लम्पी स्किन डिजिज’ रोग देखिएपछि किसान चिन्तित बनेका थिए । किसानको मर्कालाई बुझी तत्कालै नमूना सङ्कलन गरी रोगको नियन्त्रण गर्ने काम गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो । नगरपालिकाले भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट विशेषज्ञ टोली ल्याई नमूना सङ्कलन गरेको थियो ।

गत साउन र भदौ महिनामा रोगले सात पशुचौपायाको मृत्यु भएको थियो । पशु विकास अधिकृत दिवाकान्त चौधरीले दिएको जानकारीअनुसार रोगले प्रभावित बनेको २०४ थान पशुको उपचार गरी रोग नियन्त्रण गरिएको छ । पशु रोगले नगरपालिकाको वडा नं १ देखि ११ सम्म प्रभावित बनेको थियो । जसमा वडा नं ५, ६, ८ र ९ बढी प्रभावित हुनपुगेको स्थानीय किसान बताउँछन् ।

भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट डा सञ्जीव ठाकुर, डा रञ्जित अधिकारी र डा शिवनन्दन यादवको विशेषज्ञ टोलीले ६० वटा पशुबाट नमूना सङ्कलन गरी उपचार गरेपछि रोग नियन्त्रणमा आएको पशुपन्क्षी विकास शाखा कञ्चनरुपले जनाएको छ । पशुपक्षी विकास शाखाका अनुसार नगरपालिकाले रु एक लाखको औषधि खरिद गरी किसानलाई वितरण गरेको र कृत्रिम गर्भाधानसमेत निःशुल्क गरेको छ । पशुपन्क्षी विकास शाखाले आर्थिक वर्ष २०७६÷७७ मा १० हजार ८३ पशुमा प्राथमिक उपचार गरेको जानकारी दिएको छ ।

यसैगरी १६० पशुमा माइनर सर्जिकल, १३५ मा गाइनोकोलोजिकल, दुई हजार ३७५ गोबर परीक्षण, २२ हजार ६७४ एचएसबिक्यू, आठ हजार पिपीआर र एक हजार ५०० किलो हिउँदे घाँसको बीउ वितरण गरिएको पशु विकास अधिकृत चौधरीले जानकारी दिनुभयो । पशुपन्क्षी विकास शाखाले गरेको कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुन थालेको किसान चन्द्रनारायण खड्गाले बताउनुभयो ।

यस्तै ३४७ गाई, ७५ भैँसी र ४९ बाख्राको कृत्रिम गर्भाधान गरेको शाखाले १४ वटा उन्नत जातको बोका वितरण गरेको जनाएको छ । शाखाले दुईपटक तीनदिने व्यावसायिक बाख्रापालन तालिम र एकपटक पोषण कार्यक्रम गरेको छ । कार्यक्रमसम्बन्धी स्थानीय सञ्चारमाध्यममा पहिले नै सूचना प्रवाह गर्ने गरिएको पशु विकास अधिकृत चौधरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]