२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान सराहनीय छ ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ कार्तिक : प्रदेश नंं २ का मख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निकै सराहनीय भएको बताउनुभयो ।

उहाँले प्रादेशिकसहित सबै जिल्लाका प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि सबै प्रकारको सहयोग गरिने बताउनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा श्रवणकुमार मिश्रले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक बनाएर एन्टी स्नेक भेनमको उत्पादनका लागि सहयोग गरिएमा एन्टी स्नेक भेनम उत्पादन गर्न प्रयोगशाला सक्षम भएको बताउनुभयो । सो अवसरमा युएनडिपीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि स्वचालित आरएनए एब्सट्रेक्सन मेसिन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा प्रयोगशालाको विकास तथा विस्तारमा सहयोग गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादव, नेपाली सेनाका ब्रिगेडियर जनरल सुरेश कार्की, मेजर जेनरल जोनएस खड्का, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका तत्कालीन मेसु डा चुमनलाल दास, नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा उदयनारायण सिंह, पत्रकार अजय झासहित सुरक्षा तथा स्वास्थ्यकर्मीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]