२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

कारबाहीको दायरामा नौ उद्योग

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

न्यूजमधेश सम्बादाता
कैलाली, ७ कार्तिक ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ ।

दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका चार गरी नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।

जसमा कैलालीका प्रशोधित पानी उद्योगहरु कैलाली वाटर इन्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड बेभरेज इन्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एन्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेष्ट उद्योग टीकापुर रहेको उहाँले बताउनुभयो ।

कञ्चनपुरका प्रशोधित पानी उद्योगहरुमा डेली ड्रिङ्किङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास, कौशल कञ्चन मिनरल्स झलारी, ब्लू बर्ड वाटर ट्रिटमेन्ट एन्ड सप्लायर्स भीमदत्त र शिवशङ्कर वाटर एन्ड मल्टी प्रोडक्सन भासी रहेका छन् ।

कैलालीको कैलाली वाटर इन्डष्ट्रिज धनगढी र कञ्चनपुरको डेली ड्रिङकिङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास प्रशोधित पानी उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरे सम्मका लागि सिलबन्दीसहित उत्पादन रोक्का राखिएको र अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालको भनाइ छ ।

त्यसैगरी, कैलाली र कञ्चनपुरका अन्य प्रशोधित पानी उद्योग र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा उक्त मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएको र यदि अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने बताइएको छ ।

बजार, मिठाई पसल तथा होटल अनुगमन

कैलालीको धनगढी, अत्तरिया, सुखड, टीकापुर र चिसापानीमा रहेका खाद्य, मिठाई पसल तथा होटलहरुको अनुगमन गरिएको छ । “अनुगमनका क्रममा धेरैजसो पसलमा म्याद गुज्रेको खाद्यपदार्थ (बेकरीजन्य, चिसो पेयपदार्थ) पाइएकामा उक्त खाद्यपदार्थ जफत गरिएको छ”, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालले भन्नुभयो, “कतिपय सिलबन्दी खाद्यमा लेबल नराखेको र कतिपयको लेबलमा उत्पादन मिति र उपभोग्य मिति स्पष्ट उल्लेख नगरिएको (चामल, मैदा, दालजन्य) पाइयो ।”

त्यस्तै, बजार अनुगमनबाट कतिपय उद्योगहरुले मापदण्डअनुरुप काम नगरेको पाइएकाले त्यस्ता उद्योगहरुलाई उक्त मापदण्ड सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

खाद्य पसलहरुले आफ्नो पसलमा लेबल नभएको र म्याद गुजे्रको खाद्य पदार्थबारे विचार नगरेकामा अबदेखि सुधार गर्न निर्देशन दिइएको र कतिपय मिठाई पसल र होटेलले असल स्वच्छता अभ्यासको मापदण्ड पूरा नगरेको पाइएकामा सो सुधार गर्न निर्देशन दिइएको बताइएको छ ।

त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा संयुक्त अनुगमन समितिबाट बजार अनुगमन गरिएको छ । अनुगमनमा खाद्य किराना मिठाई, हल्का पेय तथा अल्कोहलिक पेयपदार्थहरु, तरकारी पसल, मासु पसलहरु लगायतको अनुगमन गरी केही म्याद गुज्रेका (हल्का पेय, चिया) ढुसी परेको बदाम र ढुसी परेको नरिवल खुल्ला खाद्यपदार्थ जफत गरिएको छ । स्वच्छता मापदण्ड विपरीत सञ्चालित मासु पसलहरुलाई स्वच्छता सुधारका लागि निर्देशन दिइएको बताइएको छ ।

नुनको गुणस्तर अनुगमन सम्बन्धमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आयोडिनयुक्त नुन आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने गरेको नुनको आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नुनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]

जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेता  तथा पुर्वमन्त्री महेश प्रसाद यादवको नाममा नक्कली फेसबूक अकाउन्ट बनाएर विभिन्न व्यक्तिसंग पैसा माग्दै गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गइरहेको देखिएको छ । विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । पुर्वमन्त्री यादवको नक्कली फेसबुक […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]