१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नियुक्त गर्न माग गर्दै रिले अनशन

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट,९ कार्तिक । दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नियुक्त गर्न माग गर्दै एच पी एस फाउन्डेसनका संयोजक हेम प्रसाद साहले रिले अनशन सुरु गरेको छ ।

फाउन्डेसन संयोजक साहका अनुसार झन्डै साढे सात लाख जनसंख्या रहेको रौतहट जिल्लाको एक मात्र जिल्ला अस्पताल रहेको छ।त्यसमा पनि सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएर जनताको ज्यानसँग खेलवाड गरेको भन्दै रिल अन्सन सुरु गरिएको हो ।

दरबन्दी अनुसारको ९ वटै विशेषज्ञ डाक्टर तत्काल जिल्ला अस्पताल रौतहट गौरमा पठाइ सेवा सुचारु गराउन एचपी एस फाउन्डेसनका संयोजक हेमप्रसाद साहको अगुवाइमा आइतबार बिहान ११ बजेदेखि अस्पतालको मुलगेटमा रिले अन्सन बसेको छ ।

जनताको स्वास्थ प्रति स्थानीय, प्रदेश तथा संघीय सरकार गम्भीर नभएकालेदवाब स्वरुप आज देखि रिले अन्सन सुरु गरिएको संयोजक साहले बताएका छन् ।

दरबन्दी अनुसारको चिकित्सक हाजिर नभए सम्म प्रत्येक दिन बिहान ११ः०० बजे देखि ४ः०० बजे सम्म जिल्ला अस्पताल गौर को गेटमा रिले अनशन जारी रहने उनको भनाइ छ ।

रौतहट जिल्ला अस्पताल गौरमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल एकजना डाक्टर कृष्ण साहले मात्र सेवा दिरहेको अन्सनमा सहभागी युवा महमद समसादले जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]