२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

तराई-मधेशमा मखानखेती लोप हुँदै

Logo
प्रकाशित शुक्रबार, कार्तिक १४, २०७७

न्यूजमधेश डेस्क
जलेश्वर ,१४ कार्तिक । तराई मधेश क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ ।

यहाँ किसानहरूले आम्दानीका लागि खुला ठाउँमा पोखरी बनाई माछा पाल्न थालेपछि मखानखेती लोप हुन थालेको हो । चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत तराई मधेशमा मखानाको प्रयोग हुन्छ । मखाना आय आर्जन गर्ने माध्यम मात्रै नभै मिथिलाको संस्कृति पनि भएको संस्कृतिविद्हरू बताउँछन् ।

मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसको खेती नभएर जिल्लाको मलाह जातिको रोजगारीसमेत गुम्न थालेको मलाह जातिका नेता राम उदिश मुखियाले बताउनुभयो ।

केही वर्ष अघिसम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए । तर किसानले आम्दानी बढाउनका लागि पोखरीमा माछापालन गर्न थालेकाले यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा सङ्कटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताउनुभयो ।

विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ । मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन् र घाममा सुकाउँछन् । त्यसपछि आगोमा भुटेर लावा तयार गरी बेच्छन् ।

मखानखेती महोत्तरी जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकालगायत दर्जनौ गाउँमा करिब ५०० वटा जति पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछा पाल्न थालिएको छ । जिल्लामा अहिले पनि कुनै कुनै स्थानमा थोरै भएपनि मखानखेती हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका सदस्य शिवचन्द्र चौधरीले बताउनुभयो ।

तराई मधेशमा कोजाग्रत पूर्णिमाका दिन हजारौं किलो मखानको बिक्री हुने गर्दछ । दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व रहेको छ ।

महोत्तरीमा पछिल्लो दिनमा मखानखेतीमा कमी आएपछि आउँदा दिनमा यस क्षेत्रमा मखानको अभाव हुने र यसबाट जिल्लाावासीमा नराम्रो असर पर्ने सर्वसाधारणको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् । यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]