०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको शक्ति प्रदर्शन

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार जनकपुरधाममा शक्ति प्रदर्शन गरेको छ ।

जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै चौतर्फी विरोध सुरु भएको छ ।

जनकपुरधामको जनक चौकमा जसपाका नेता कार्यकर्ताहरु जमघट भएर राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्माको विरुद्धमा नाराबाजी गर्दै जकपुरको विभिन्न चौक परिक्रमा गरेर पुर्न जनक चौकमा कोणसभामा परिन्त गरेको छ।

सो कोणसभामा २ नम्बर प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल ,प्रतिनिधिसभा सदस्य प्रमोद साह,प्रदेश सांसद शैलेन्द्र यादव,प्रदेश सांसद चमेली देवि दास,जसपाका केन्द्रिय सदस्य संजय चौधरी ,जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह,जसपाका धनुषा उपाध्यक्ष  युवा नेता सुनिल यादवलगाइतका नेता कार्यकर्ताहरुले आ-आफ्नो मन्तव्य व्यक्त गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]