१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

जनकपुरमा राष्ट्रिय एकता अभियानको शक्ति प्रदर्शन

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ पुस। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने मांग गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा वृहत शक्ति प्रदर्शन गरेका छन ।

जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको सयौंको संख्यामा निस्केको रैली नगरको विभिन्नको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

सो कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी डलरको लालचमा दलाल नेताहरुको संघीयताको नाममा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्ष बनाइएको आरोप लगाए ।

उनले भने हामी संघीयता विरोधी होइनौं तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन । हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी रहनेछ ।

अध्यक्ष यादवले भने संघीयताको नाममा हिन्दु राष्ट्रलाई मात्र समाप्त पारिएन मुलुकमा भ्रष्टाचारलाई समेत प्रश्रय दिएको कारण हाम्रो आन्दोलन भ्रष्टमुक्त, विकासशील र हिन्दु राष्ट्रका लागि आन्दोलन जारी रहनेछ ।

कार्यक्रममा अभियानका उपाध्यक्ष सुनिता साहले संघीयता अवसरबाट वंचित रहेका मधेशी, आदिवासी जनजाति, दलित पिछडिएको वर्गको स्तरोन्नति, विकासमा पहुँचका लागि भनेर ल्याइयो तर अहिले त्यसको ठीक उल्टो तिनीहरुको नाममा सत्तामाथि आफ्नो अधिपत्य जमाउन प्रयोग गर्दै आएको छ ।

उनले भने हिन्दु धर्म, सभ्यता र पहिचान समाप्त पारेर धर्म निरपेक्षको नाममा ल्याइएको व्यवस्थादेखि मुलुकमा झन भ्रष्टाचार र घुसखोरी मौलाउंदै गएकोले हाम्रो आन्दोलन संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि जारी रहनेछ ।

त्यस्तै अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले धर्मनिरपेक्षको नाममा हिन्दुत्वलाई समाप्त पार्ने शासक वर्गको षडयन्त्र हामीलाई कतै बर्दास्त छैनौं मुलुकलाई हिन्दु राष्ट्र कायम गराउन हदैसम्मको आन्दोलनमा जानेछौं ।

उनले हिन्दु राष्ट्रका लागि यो प्रदर्शन अहिले ट्रेलर मात्र यसलाई अझ सशक्त बनाउंदै लग्ने भन्दै यसमा सबै हिन्दु धर्म प्रेमीको सहयोगको आवश्यकता रहेको बताए ।

यसअघि शुक्रवार राष्ट्रिय एकता अभियानले जनकपुरधाममै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेका थिए । सो सम्मेलन मार्फत मुलुकलाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि आन्दोलन सशक्त बनाउने निर्णय गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।