१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

शिक्षा क्षेत्रलाई सफासुघर बनाउँ : मेयर साह

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ माघ।जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले शिक्षा क्षेत्रलाई सफासुघर बनाउनु पर्ने बताएका छन् । जनकपुरधाममा मदर्सा अल जामेआतुस सलामियाले आयोजना गरेको ‘कोरोना भाइरस एक तारुफ’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका छन् ।

सो मदर्सामा अध्ययनरत्त छात्रछात्राहरुको शिक्षाको तौरतरिकाको प्रसंसा गर्दै अन्य ठाउँका विद्यालयहरुमा यस्तो शिक्षाको अवलम्वन गर्नुपर्ने मेयर साहले बताएका थिए । सो मदर्सामा सरकारी सुविधाहरु अगामी आर्थिक वर्षवाट समानुपातिक रुपमा प्रदान गरिने घोषणा समेत गरेका थिए । कक्षा ५ सम्म पठन पाठन हुने सो मदर्साको बालबालिकावाट मेयर साह भने प्रभावित भएर सो घोषणा गरेका थिए ।

बालबालिकाहरुको आचरण, संस्कार र शिक्षा स्तर उच्चस्तरीय रहेको पाइएको थियो । भौतिक संरचना समान्य रहेपनि सो मदर्साको अध्ययन अध्यापन उच्च कोटीको रहेको मेयर साहको भनाई थियो । उनले भने–‘नकुनै अपेक्षा नकुनै आग्रह समान्य रुपमा मलाई यहाँ बोलाउनु भएकोमा मदार्सा कमिटीलाई धेरै धेरै धन्यवाद ।’

अन्य ठाउँमा जाँदा इच्छा र अपेक्षाको घेरामा घेराउने गरेको उनले नकेहि अपेक्षा रहेपनि यस मदर्साको गुणस्तरीयताकालागि आफु तत्पर रहने उनले बताए । उनले मदर्सा सञ्चालक समितिका सदस्यहरुलाई मदर्सामा गुणस्तरीय शिक्षाकालागि सम्वाद गर्नकालागि आग्रह गरेका थिए । सम्वादवाट सार्थक नतिजा निष्कने भएका कारणले सम्वाद कहिल्लै नतोडन समेत आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् । उनले […]

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो । यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् । विद्यार्थीभित्र रहेका […]