०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

आम हड्ताल चलेका छैनन् सार्वजनि सवारी, बन्द गराउँदै हिँड्ने पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२२ माघ । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड(माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ।

शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ। आज प्रहरीले क्विक रेस्पोन्स टिम बनाएको छ। साविकको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन्। मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन्। ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन्। मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले निगरानी गरेको छ भने बन्द आह्वान गर्दै हिँड्ने पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]