१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा सिंह

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन हुनुभएको छ ।

यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ ।

सङ्घको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, सञ्जीव झा,अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहनुभएको छ ।

यस्तै सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी, सङ्गीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना रहनुभएको छ ।

कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी रहनुभएको छ । सहअध्यक्ष पौडेलले तीन महिनापछि सङ्घको पुनःगठन गरिने बताउनुभयो । आगामी जेठ महिनामा अहिलेका अध्यक्ष सिंह ४० वर्ष उमेर पुगेपछि सहअध्यक्ष पौडेल अध्यक्ष बनाउने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए। लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने […]

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ […]