०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

कामसूत्र अनुसार यी १० गुण भएका पुरुषप्रति स्त्री लोभिन्छन्

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

केही बर्षयता बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यौनका बिषयमा मानिसमा रहेको विकृत मानसिकताका कारण बलात्कारका घटना हुने गरेका छन् । तर सदियौंपूर्व यौनलाई व्यवस्थित र अनुशासित बनाउन लेखिएको पुस्तक थियो, कामसूत्र । कामसुत्रमा यौनका बिषयमा खुलेर चर्चा गरीएको थियो ।

कामसूत्र भनेको केवल यौनक्रियाकलाप मात्र होइन, यसमा यौनसँगै जोडिएका थुप्रै बिषयमा ज्ञानहरु उल्लेख छ । कामसूत्रले सदियौबाट रतिक्रिया र संभोगको बारेमा मार्गदर्शन गर्दै आएको छ । यो पुस्तकमा संभोगको पोजिसनसाथै प्रेम जीवन सुमधुर बनाउने यौनका बारेमा उल्लेख छ । सोहि पुस्तक कामसूत्रमा पुरुषका केहि यस्ता गुणबारे उल्लेख छ, जसले स्त्रीलाई कसरी आर्कषित गर्न सक्छन् भन्ने चर्चा गरिएको छ ।

१. कामसुत्रमा उल्लेख भए अनुसार स्त्रीहरु शक्तिशाली पुरुषप्रती आर्कषित हुन्छन् । शक्तिशालीका अलावा प्रेमपूर्वक र सम्मानजनक व्यवहार गर्ने पुरुषले स्त्रीलाई लोभ्याउँछन् ।

२.कामसूत्र अनुसार जो पुरुष आफ्नी बाहेक अन्य कुनै पनि स्त्रीप्रति मोहित हुँदैनन्, उनीहरु श्रेष्ठ रहन्छन् । यस्तो गुण भएका पुरुषप्रती स्त्रीको आर्कषण रहने गर्दछ ।

३. कामसूत्रमा उल्लेख गरिएको सूत्र अनुसार साहसी र शूरवीर पुरुषले सधै महिलालाई आकषिर्त गर्न सफल हुन्छन् ।

४. जो पुरुषमा महिलाको विश्वास जित्ने र भावना बुझ्ने गुण हुन्छ, उनीहरु नै स्त्रीलाई रिझाउन र आर्कषित गर्न सफल हुन्छन् ।

५. कामसूत्रका अनुसार हरेक स्त्री पुरुषबाट त्यही कुराको अपेक्षा गर्छन्, जो पुरुषले आफ्नो स्त्रीलाई लामो समयसम्म प्रेम गरोस् ।

६. कामसूत्रका अनुसार महत्वकांक्षी र उत्साहित पुरुषले स्त्रीलाई सजिलै आकषिर्त गर्न सक्छन् । जहाँ हतोत्साहित पुरुषले स्त्रीलाई लोभ्याउन सक्दैनन् ।

७. कामसूत्रका अनुसार विद्वता भएका पुरुषप्रती महिला आर्कषित हुने गर्दछन् । यस्तो गुण भएका पुरुषले महिलालाई रिझाउन क्षमता राख्दछन् ।

८. कामसूत्र अनुसार जुन पुरुषमा महिलाको कुरा सुन्ने गुण हुन्छ वा कुनै प्रसंग वा घटना सुनाउने क्षमता राख्छन् त्यस्ता पुरुषप्रती स्त्री सजिलै आकषिर्त हुन्छन् ।

९. कामसूत्रमा उल्लेख गएको गुण अनुसार पुरुष त्यागी हुनुपर्छ । साथै अर्कोको निन्दा गर्ने बानी हुनुहुँदैन । यस्ता पुरुष हमेशामा स्त्रीको नजरमा पर्दछन् ।

१०. कुनैपनि काम गर्दा द्विविधामा पर्ने पुरुषलाई स्त्रीले रुचाउँदैनन् । आत्माविश्वासले भरिपूर्ण र कुनैपनि काममा द्विविधा नराख्ने पुरुषप्रती स्त्री आर्कषित हुने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]