१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

ओलीको पाप कसैले धोइपखाली गर्न सक्दैनन् :माधव नेपाल

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ माघ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताए ।

अध्यक्ष नेपालले देशैभर भएका ओली विरुद्धका आन्दोलनले ओली कमजोर भइसकेको पनि बताए । उनले मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको टिप्पणी गरे । ‘केपी ओलीजी तपाइँ मदन भण्डारीको नाम जप्नुहुन्छ, त्यो नाम विर्सनु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ । पशुपतिनाथले राम्रो गर्नेलाई मात्र रक्षा गर्छन् । पाप गर्नेलाई पशुपतिले रक्षा गर्दैनन्, चेतना भया’ अध्यक्ष नेपालले चेतावनी दिए ।

उनले संविधान कुल्चने ओलीका पालामा ७ हजार १ सय ७० नेपाली चेली बलात्कृत भएको फेहरिस्थ पेस गरे । ‘ती बलात्कृत चेलीको आत्माले ए केपी ओली १ तिमीले कति जनालाई सजाय दिएका छौ रु कतिलाई कारवाही गरेका छौ रु तिम्रो असंवेनदशीलता देख्दा लाज लागेको छ । जसले तिमीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनायो, त्यसैलाई सिध्याउन लाग्यौ तिमीलाई धिक्कार छ’, नेपालले अघि बढ्दै भने, ‘अब ओलीको पाप कसैले पनि धोइपखाली गर्न सक्दैन ।’
नेपालले केपी ओलीसँग केही हजार मानिस बाहेक केही नरहेको भन्दै ओली समूह निरास भैसकेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओली गणतन्त्र, संघीयता, समावेशीता मन नपराउने भएकाले उनी प्रतिगमनका प्रतिक र ज्ञानेन्द्र पथमा लागेको बताए । देशको स्वाभिमान जोगाउन, लोकतन्त्रको रक्षा गर्न र जनतालाई सम्बृद्धि तथा रोजागारी दिन लागिपरेको भन्दै नेता नेपालले प्रतिनिधिसभा पुनःस्थापना हुनुको विकल्प नभएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]