०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

महिला नेत्री झाँक्री रिहा

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२९ माघ । प्रचण्ड नेपाल नेतृत्वको नेकपाकी महिला नेत्री रामकुमारी झाँक्री रिहा भएकी छिन्।

महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाले जानकारी दिए।

श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।

सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्।

ुसंवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन,झाँक्रीको बयान उदृत गर्दै एसएसपी थापाले भने।

बयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन। मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौं,उनले भने।

प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]