१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा ब्यापारिक केन्द्र बन्द

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७

न्यूजमधेश डेस्क
दोहा ,३० माघ ।कतारमा सामाजिक दूरीलगायतका कोभिड( १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६ ब्यापारिक केन्द्र बन्द गरिदिएको छ ।

कतारको वाणिज्य र उद्योग मन्त्रालयले केही स्टोर र प्रतिष्ठानहरूले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम उल्लंघन गरेपछि कारबाही गरिएको जनाएको छ ।

मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा पर्ल(कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन खालिदमा डाइटर परामर्श, सौक वाकिफको एन्नाबी क्याफेटेरिया ९२ र पुरानो एयरपोर्ट क्षेत्रको अल रवानाक ट्रेडिंग कम्पनी छन् ।

मन्त्रालयले यसअघि नियम उलङ्घन नियन्त्रण गर्न आफ्नो निरीक्षण अभियान तीव्र पार्ने बताइसकेको थियो । मन्त्रालयले सबै नागरिक र बासिन्दालाई दर्ता र व्यावसायिक इजाजतपत्र, वा सावधानी र रोकथाम उपायहरूको उल्लंघन गरेको देखेमा मन्त्रालयलाई रिपोर्ट गर्नसमेत आग्रह गरेको छ ।

कतारले कोरोना संक्रमण बढेसंगै कोभिड सुरक्षा सावधानीका नियमहरू गत हप्ता फेरि लागू गरेको छ ।

सरकारले जारी गरेको ३२ बुँदे सूचना पूर्ण पालना गर्न कतारमा कार्यरत नेपाली श्रमिकलाई नेपाली दूतावासले पनि अनुरोध गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]