०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

प्रदेशमा ३५६ किलोमिटर पक्की सडक निर्माण

Logo
प्रकाशित शनिबार, फाल्गुण ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, १ फागुन । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ ।

सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ ।

नीति तथा कार्यक्रममा रहेको १० वटा झोलुङ्गे पुलमध्ये तीनवटाको निर्माण कार्य सम्पन्न भएको छ ।

सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल टयुबवेल निर्माणबाट प्रदेशका १६ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको छ ।

सो अवधिमा २४० वटा डिप टयुबवेल तथा ३३ वटा पावर ड्रिल टयुबवेल निर्माण, प्रदेशका पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ ।

खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत, ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको बताइएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर ४ परिवारको घरमा लुटपाट गरेका छन् । राति खाना खाएर सुतिसकेको अवस्थामा हतियारधारी समूह घरमा प्रवेश गरी चार जनाको घरमा लुटपाट गरेका हुन् । स्थानीय राजदेव यादव, अजय कुमार यादव, राम अवतार ठाकुर र निरञ्जन यादवको घरमा लुटपाट गरिएको छ । लुटेराहरुको समूहले नगद […]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित नेपाल स्काउटको भवन गैरसरकारी संस्थाले हड्पेको खुलेको छ । गैरसरकारी संस्थाले विगत लामो समयदेखि स्काउटको भवन हड्पेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि रहेको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमै टाँसिएर स्काउटको जिल्ला कार्यालय छ । तर अहिले त्यो भवनमा स्काउटको कार्यालय छैन । स्काउटको भवन गैर सरकारी […]

जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले पाउनुपर्ने दाबी गरेका छन् । उनले भ्रष्टाचार र कुशासनमा संलग्न जनता समाजवादी पार्टी नेपालको सरकारको नेतृत्वबाट बहिर्गमन भएको अवस्थामा अब बन्ने नयाँ सरकारको स्वाभाविक नेतृत्व जनमत पार्टीले गर्न पाउनुपर्ने बताए । उनले भने, ‘विगतको चुनावमा जनमत पार्टीले प्राप्त गरेको […]