१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

एसईईको नतिजा आज सार्वजनिक हुने

Logo
प्रकाशित बिहिबार, आषाढ १२, २०७६

काठमाडौ ,असार १२ गते।परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा बिहीबार अर्थात आज सार्वजनिक गर्ने भएको छ ।

कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ। कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन तयारी भए पनि पुनः परीक्षणमा नसकिएकाले नतिजा आज सार्वजनिक गर्न लागिएको हो । अन्य कुनै प्राविधिक कारण या बोर्डले फरक निर्णय नगरे नतिजा सार्वजनिक हुने छ।

विगतमा जेठ मसान्तदेखि असार एक दुई गतेभित्रै एसईईको नतिजा प्रकाशन हुने गरेको थियो। तर, यसपटक भने प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको कार्यालयको भनाइ छ।

गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार विद्यार्थी देशभरबाट सहभागी भएका थिए।

एसईईको नतिजा सार्वजनिक भैइसकेपछी यसरी हेर्नसक्नुहुन्छ नतिजा !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ ।बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् । शिक्षा दिवस २०८० को उपलक्ष्यमा जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेशको शिक्षाको अवस्था र सुधारका उपायहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले तीनै तहका सरकार मिलेर शिक्षालाई सुदृ बनाउनका लागि […]