०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

साउदी अरबमा प्रतिवन्धात्मक व्यवस्थाको अवधि थप

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

न्यूजमधेश डेस्क
रियाद, २ फागुन। साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू हुने भएका छन् ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् ।

सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ ।

साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाइएको छ भने चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चाल नगर्न पनि रोक लगाइएको छ ।

आन्तरिक मामिला मन्त्रालयले कोरोनाभाइरसको महामारीको खतरा अझै नटरेकाले प्रतिबन्धात्मक व्यवस्थाहरूलाई निरन्तरता दिनुपरेको स्पष्ट पारेको छ ।

नयाँ व्यवस्था स्थानीय समयअनुसार आइतबार राति १० बजेदेखि लागू हुनेछ । कोरोनाभाइरसको सङ्क्रमण न्यूनीकरण गर्न २० देशबाट साउदी अरब आउन पनि प्रतिबन्ध लगाइएको छ ।

तर साउदी अरबकै नागरिक, कूटनीतिज्ञहरू, स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारलाई भने कडा मापदण्ड पालना गरेर साउदी अरब प्रवेश पाउने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]