११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

जापानमा शक्तिशाली भूकम्प

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

न्यूजमधेश डेस्क
टोकियो,२ फागुन  । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।

स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुशिमा यस भूकम्पको कारण कम्तीमा ३० जना घाइते भएका छन् ।

शुरुमा यो भूकम्प ७.१ म्याग्नीच्युडको मापन गरिएको थियो भने पछि यो भूकम्प ७.३ को भएको जापान मौसम विभागले जनाएको छ । सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ ।

केन्द्रविन्दु रहेको फुकुसिमा तथा मियागी प्रान्त, कान्तोलगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार गएको सो भूकम्प सन् २०११ को ९.० म्याग्नीच्युडको भूकम्पको नै परकम्प भएको टोकियोको भूकम्प अनुसन्धान संस्थानका प्राध्यापक केन्जी सातकेले बताउनु भएको छ । सन् २०११ को भूकम्प को अति शक्तिशाली भएकोले १० वर्षपछि यसको परकम्प देखिनु अचम्म कुरा नभएको सातकेले बताउनु भएको छ ।

सन् २०११ मा गएको ९.० म्याग्नीच्युडको भूकम्पपछिको सुनामीको कारण करिब १९ हजार व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए । त्यसैबीच जापानको नामिएमा आइतबार पुनः ५.१ म्याग्नीच्युड भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था(युएसजिएस)ले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता रहनेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई […]