०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

दानवीर पिताको स्मृतिमा पुत्रले पनि गरे जग्गादान

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

न्यूजमधेश डेस्क
महोतरी,३ फागुन । बर्दिबास नगरपालिका–१३ का सुवर्ण पौडेलले आफ्ना दिवङ्गत पिताको स्मृतिमा वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्यको जग्गा दान गर्नुभएको छ । समाजसेवामा जग्गा दान र श्रम गर्नबाट कहिल्यै नथाक्ने स्व पिता कृष्णप्रसाद पौडेलको स्मृतिमा सुवर्णले एक करोड मूल्यको चार कठ्ठा नौ धुर जग्गा वडा कार्यालय भवन निर्माण प्रयोजनका लागि दान गर्नुभएको हो ।

बर्दिबास–१३ बिजलपुरा डाँडाटोलचोक नजिकै प्राप्त भएको जग्गामा अब वडा कार्यालय भवन बनाइने वडाध्यक्ष श्यामप्रसाद राउतको भनाइ छ । “वडा कार्यालयका लागि फराकिलो भवन र भवनका लागि जग्गा आवश्यक थियो”, वडाध्यक्ष राउतले भन्नुभयो, “सुवर्णले आफ्ना दानवीर पिताको स्मृतिमा जग्गा दिएर हामीलाई भवन निर्माणमा हौस्याउनुभएको छ ।” बर्दिबास–१३ वडा समितिका नाउँमा हालै दानपत्रबाट प्राप्त जग्गामा अब चाँडै भवन निर्माणको काम थालिने उहाँले बताउनुभयो ।

सुवर्णले पिताको स्मृतिमा जग्गा दिनु भएपछि उहाँकै सहोदर काकाका छोरा सत्य र विमल पौडेलबाट पनि वडा समितिलाई थप एक कठ्ठा जग्गा सोही कित्तामा जोडिएर निःशुल्क प्राप्त भएको वडा कार्यालयले जनाएको छ । “सुवर्णका पिताजी स्व कृष्णप्रसाद आफैँ दानवीर हुनुहुन्थ्यो”, वडाध्यक्ष राउतले भन्नुभयो, “सुवर्णले दानवीर पिताको सिको गर्दै सामाजिक क्षेत्रका काममा चासो बढाउनुभएको छ, सुवर्णसँगै उहाँकै परिवारभित्रबाट थप जग्गा प्राप्त भएको छ ।”

स्व कृष्णप्रसादले यसअघि नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखाको भवन निर्माणका लागि पाँच कठ्ठा, बिजलपुरा स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि चार कठ्ठा जग्गा दान गर्नुभएको राउतले स्मरण गर्नुभयो । यसबाहेक साविक बिजलपुरा गाविस भवन निर्माणका लागि पनि स्व पौडेलबाट निःशुल्क जग्गा प्राप्त भएको राउतले उल्लेख गर्नुभयो ।

“उहाँ स्व कृष्णप्रसाद जग्गादान गरेरमात्र हैन, हरेक सामाजिक काममा अग्रसर भएर सबैलाई हौस्याउनुहुन्थ्यो”, स्व पौडेलको सामाजिक कार्यमा अग्रसर भएर लाग्ने सेवाभाव सम्झँदै राउतले भन्नुभयो, “उहाँका काम सम्झेर हामीलाई सामाजिक काममा लाग्न प्रेरणा मिल्दछ ।” यसैबीच सुवर्णले जनता मावि डाँडाटोल बिजलपुराको स्वामित्व रहने गरी कृषिउपज बेचविखन ९तरकारी फसल बेच्ने ठाउँ, तरकारी बजार० का लागि एक कठ्ठा १० धुर जग्गा दान गर्नुभएको छ ।

“म यसै ठाउँमा जन्मे, हुर्के”, सुवर्णले भन्नुभयो, “स्व पिताजीले सामाजिक क्षेत्रमा देखाउनुभएको चासोलाई निरन्तरता दिएको हुँ ।” वडा कार्यालय भवनको जग्गा पास गरिदिएपछि आफ्नो ठाउँ तरकारी उत्पादनको पकेटक्षेत्र भएको हुँदा किसानको सुविधा बढाउन तरकारी बजारका लागि जग्गा दिने घोषणा गरेको सुवर्णले बताउनुभयो । “हेर्नुहोस्, जन्मेपछि मर्नुपर्छ, मर्दा लादिएर कुनै सम्पत्ति आफूसँग जाने हैन”, सुवर्णले भन्नुभयो, “समाज हितमा लगाएको सम्पत्ति कहिल्यै नास हुँदैन, म त अरु हुनेलाई पनि मनकारी भएर सामाजिक क्षेत्रमा योगदान गर्न अपिल गर्छु ।”

बिजलपुरा डाँडाटोलका पौडेल परिवार भन्नासाथ बर्दिबास नगर क्षेत्रभित्र सम्मानभाव व्यक्त हुने गरेको बर्दिबास नगरप्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ । पिताजी कृष्णप्रसादले दिनुभएको सामाजिक योगदान स्मरणीय रहेको र सुवर्णले पिताको पदचिह्न पछ्याएर चासो बढाउनुभएको कार्कीको भनाइ छ ।

“स्व कृष्णप्रसादले दिनुभएका जग्गामा रेडक्रस भवन, स्वास्थ्यचौकी भवन र विद्यालय भवन छन्”, नगरप्रमुख कार्कीले भन्नुभयो, “यी सबैले उहाँलाई सम्झाइरहनेछन् ।” समाजसेवामा सम्पत्ति दिएर र श्रम गरेर नथाक्ने पौडेलको चार वर्र्षअघि २०७४ सालमा निधन भएको समय दुःखद् क्षणका रूपमा कार्कीले सम्झनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्व शिक्षामन्त्री महेश प्रसाद यादवले सप्तरीको दुईवटा विद्यालयको शैक्षिक भवनको शिलान्यास गरेका छन् । पुर्वमन्त्री यादवले रुपनी गाउँपालिका-३ स्थित रहेको माध्यमिक विद्यालय कटैयामा चार कोठे भवन र शम्भुनाथ नगरपालिका-२ खैरबोनास्थित रहेको आधारभुत विद्यालयमा दुई कोठे भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । पुर्वमन्त्री यादव मधेश प्रदेश […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा.जयकान्त राउतले भारदह बहुमुखी क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गरेको छ। हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित वीपी बिद्यालयको हाताभित्र भारदह बहुमुखी क्याम्पसको भवन निर्माण कार्यको सप्तरी निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको प्रत्यासी तथा राष्ट्रिय योजना आयोगका पुर्व सदस्यसमेत रहेका नेता डा.राउत्ले आइतबार एक कार्यक्रमबीच शिलान्यास […]

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले […]