१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष बनेका संजीबलाई ५१ किलोको मालाले स्वागत

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष बनेपछि संजीब झालाई आफ्नो गृहनगरमा भव्य स्वागत गरिएको छ ।

युवा संघका केन्द्रीय उपाध्यक्ष चयन भएर आफ्नो गृहनगर जनकपुरधाम आएका उनलाई युवाहरुले स्वागत गरेका छन् । झालाई बिमानस्थलमै ५१ किलोको माला लगाइदिएर युवा तथा विद्यार्थीले स्वागत गरेका छन् ।

स्वागत गर्दै उनीहरुले ‘संजीब दाजु जिन्दावाद, हाम्रो नेता कस्तो छ, संजीव झा जस्तो छ, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका छन् ।

झा हालै युवा संघको केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।

उनलाई जनकपुरधाम विमानस्थलमा युवा संघका धनुषा अध्यक्ष राम उदगार यादव ,अनेरास्ववियुका जिल्ला अध्यक्ष आरपी अधिकारी ,दिनेश सिंह ,अभिषेक अग्रवाल,आनन्द झा ,नेपाल बाल संगठन धनुषाका सभापति रीयज साफी ,जानी खान ,मुन्जय राउतसहिका युवा नेताहरुले फूलमाला लगाएर स्वागत गरेका हुन्।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।