१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,६ फागुन  । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिनुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो ।

यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका सुदीप लिम्बूसमेत १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिनुभएको छ ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी सुरेन्द्र भनिने सालिन्द्र यादवसमेतका १५ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीबीच सहकार्यको सहमति भएको छ । जनमत पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा आइतबार तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनता प्रगतिशीलका अध्यक्ष हृदयेश त्रिपाठी र जनमत पार्टीका अध्यक्ष सीके राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा नेपालको संविधान रक्षाको लागि समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, […]

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

काठमाडौं । बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। आज अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। स्रोतका अनुसार माओवादी वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका तत्कालीन गृहमन्त्री श्रेष्ठले एमाले […]