०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

कोही लोकतन्त्रवादीहरु चुनावबाट भाग्न सक्दैन : मन्त्री साह

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

न्यूजमधेश डेस्क
गौर, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले कोहि पनि लोकतन्त्रवादीहरु चुनावबाट भाग्न नसक्ने बताएका छन् ।

आज रौतहटको बौधीमाई नगरपालिकाको सरमुजवामा नवनिर्मित स्वास्थ्य चौकीको भवन उदघाटन गर्दै मन्त्री साहले लोकतन्त्रलाई मान्ने सबै पक्षलाई चुनाव सफल पार्नका लागि आह्वान गरेका छन् । मन्त्री साहले कुनै पनि हालतमा बैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव हुने भन्दै तयारीमा जुट्न नेकपा कार्यकर्तालाई निर्देश दिएका छन् ।

चुनाव हुन दिनौ भन्नेहरु, चुनावमा पराजित भएर पनि सोही पदको लालसा राखी षड्यन्त्र गर्नेहरु, संघर्षको बेला राजाको पाउँमा दाम चढाउनेहरु, न्यायालयमाथि दबाब दिनेहरुले आफुलाई लोकतन्त्रवादी भनेर हिड्नु हास्यास्पद भएको मन्त्री साहको भनाइ छ । लोकतन्त्रको रक्षाका लागि आगामी चुनावमा जनताले मतदान गर्नुको अर्को कुनै विकल्प नरहेको मन्त्री साहले बताए ।

ञतपाईंहरु देख्नसक्नुहुन्छ, आज एकथरीले आफुलाई लोकतन्त्रवादी भनेर भन्दै हिडेका छन्, तर तीनै मान्छेले चुनाव हुन दिन्नौ भन्दैछन् । म भन्न चाहन्छु, कोही पनि लोकतन्त्रवादीहरु चुनावबाट कसरी भाग्न सक्छ रुझ मन्त्री साहले भने, ञस्वतन्त्र न्यायालयमाथि दबाब दिनेहरु, चुनाव गर्नै नदिने भन्नेहरु, विगतमा लोकतन्त्रका लागि संघर्षको समयमा राजाको पाउमा दाम चढाउनेहरु, चुनावमा पराजित भएर पुनः सोही पदमा पुग्न षड्यन्त्र गर्नेहरुले लोकतन्त्रको रक्षा गर्छु भन्न्नुभन्दा हास्यास्पद के हुन सक्छ ।

म भन्न चाहन्छु जो कोही पनि असली लोकतन्त्रवादी हो भने उसले चुनावबाट जनताको मतादेश लिनुको विकल्प देख्न सक्दैन । कमरेडहरु, जनतालाई भ्रममा पार्नेहरुलाई निस्तेज गर्दै लोकतन्त्रको रक्षाको लागि चुनावको तयारीमा लाग्नुसझ मन्त्री साहले थपे, ञबैशाख १७ र बैशाख २७ गते जुनसुकै हालमा निर्वाचन हुन्छ । सरकार चुनावमार्फत ताजा जनादेशद्वारा देशलाई नयाँ दिशा दिन चाहन्छ ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश सदस्यहरु त्रिभुवन साह ‘अमर’ एवम् मनोज यादव, नेता किरण साह, कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहा, शैलेन्द्र साह, चन्देश्वर बैठा लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]