२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

बालक अपहरण आरोपमा बुबा र मामा पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ फागुन । बालक अपहरण गरेको आरोपमा प्रहरीले धनुषामा बालकको बुबा, मामासँगै तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले नगइराइन नगरपालिका – ६ जटहीका रमेश दास, मामा लक्षेश्वर दास र अर्का एक जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रमेशका सात वर्षीय छोरा चन्दन हिजो दिउँसो १ बजेपछि हराएका थिए। साँझ भने नचिनेका मान्छेले फोनबाट बच्चा अपहरणमा परेको भन्दै बालकको परिवारसँग फिरौती एक करोड मागेको खबर जिल्ला प्रहरी कार्यालय धनुषामा पुग्यो।

लगत्तै खटिएको टोलीले बालकलाई जनकपुरधामस्थित एक होटलबाट उद्धार गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]