१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

भोजपुरी भाषा र संस्कृतिको विकास हुन सकेन : मुख्यमन्त्री राउत

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको प्राथमिकतामा नपरेको कारण भोजपुरी भाषाको अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ । वीरगञ्जको गहवामा आज आयोजित एक समारोहबीच भोजपुरी प्रतिष्ठानको भवन शिलान्यासका क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले लामो समयसम्म एउटै भाषा एउटै वेशको नीति राज्यले अङ्गीकार गरेको कारण अति नै समृद्ध मानिने भोजपुरीलगायत अन्य भाषाहरूको विकास हुन नसकेको तर्क गर्नुभयो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा भोजगरी प्रतिष्ठानको भवनको शिलान्यास गरिएको हो । करीब रु चार करोड लागतमा चार तले आधुनिक भवन बन्न लागेको हो । उहाँले नेपाल र सीमावर्ती भारतीय क्षेत्रमा गरी ३५ करोडभन्दा बढीले बोलचालमा प्रयोग गर्ने भोजपुरी भाषा अति नै समृद्ध भए पनि यसको विकासका लागि राज्यले देखाएको उदासीनताकै कारण भोजपुरीपछि पर्दै गएको बताउनुभयो ।

भोजपुरी भाषा र संस्कृतिको बृहत्तर विकासका लागि प्रदेश सरकारले निकट भविष्यमै प्रदेशस्तरी भोजपुरी प्रतिष्ठान गठन गरी आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेर बजेटसमेत विनियोजन गर्ने मुख्यमन्त्री गद्दीले प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश नंं २ का भौतिक निर्माण तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राजन्त्रमा खस भाषाको मात्र विकासका लागि काम भए पनि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै भाषाहरूलाई विकास गर्ने वातावरण निर्माण हुँदै गएको बताउनुभयो ।

उहाँले अब प्रदेश र स्थानीय तहसमेतले आ–आफ्नै कामकाजको भाषा कायम गर्न सक्ने संविधानले नै अधिकार दिएको बताउनुभयो । भोजपुरी भाषा र संस्कृतिको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने र वीरगञ्जमा निर्माण हुन लागेको भोजपुरी प्रतिष्ठानको भवनका लागि सक्ने आर्थिक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भोजपुरी प्रतिष्ठानका संरक्षकसमेत रहेका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा जनता समाजवादी पार्टी नेपालका नेता एवम् प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण, प्रतिनिधिसभा सदस्य प्रदीप यादव, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायत वक्ताले भोजपुरी भाषालाई सरकारी कामकाजको भाषमा रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वीरगञ्जका नगरप्रमुख सरावगीले निकट भविष्यमै भोजपुरी भाषालाई वीरगञ्ज महानगरपालिकाले कामकाजको भाषा बनाउने र यसतर्फ गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]