१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

भोजपुरी भाषा र संस्कृतिको विकास हुन सकेन : मुख्यमन्त्री राउत

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको प्राथमिकतामा नपरेको कारण भोजपुरी भाषाको अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ । वीरगञ्जको गहवामा आज आयोजित एक समारोहबीच भोजपुरी प्रतिष्ठानको भवन शिलान्यासका क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले लामो समयसम्म एउटै भाषा एउटै वेशको नीति राज्यले अङ्गीकार गरेको कारण अति नै समृद्ध मानिने भोजपुरीलगायत अन्य भाषाहरूको विकास हुन नसकेको तर्क गर्नुभयो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा भोजगरी प्रतिष्ठानको भवनको शिलान्यास गरिएको हो । करीब रु चार करोड लागतमा चार तले आधुनिक भवन बन्न लागेको हो । उहाँले नेपाल र सीमावर्ती भारतीय क्षेत्रमा गरी ३५ करोडभन्दा बढीले बोलचालमा प्रयोग गर्ने भोजपुरी भाषा अति नै समृद्ध भए पनि यसको विकासका लागि राज्यले देखाएको उदासीनताकै कारण भोजपुरीपछि पर्दै गएको बताउनुभयो ।

भोजपुरी भाषा र संस्कृतिको बृहत्तर विकासका लागि प्रदेश सरकारले निकट भविष्यमै प्रदेशस्तरी भोजपुरी प्रतिष्ठान गठन गरी आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखेर बजेटसमेत विनियोजन गर्ने मुख्यमन्त्री गद्दीले प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश नंं २ का भौतिक निर्माण तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले राजन्त्रमा खस भाषाको मात्र विकासका लागि काम भए पनि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सबै भाषाहरूलाई विकास गर्ने वातावरण निर्माण हुँदै गएको बताउनुभयो ।

उहाँले अब प्रदेश र स्थानीय तहसमेतले आ–आफ्नै कामकाजको भाषा कायम गर्न सक्ने संविधानले नै अधिकार दिएको बताउनुभयो । भोजपुरी भाषा र संस्कृतिको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने र वीरगञ्जमा निर्माण हुन लागेको भोजपुरी प्रतिष्ठानको भवनका लागि सक्ने आर्थिक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भोजपुरी प्रतिष्ठानका संरक्षकसमेत रहेका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा जनता समाजवादी पार्टी नेपालका नेता एवम् प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण, प्रतिनिधिसभा सदस्य प्रदीप यादव, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानलगायत वक्ताले भोजपुरी भाषालाई सरकारी कामकाजको भाषमा रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वीरगञ्जका नगरप्रमुख सरावगीले निकट भविष्यमै भोजपुरी भाषालाई वीरगञ्ज महानगरपालिकाले कामकाजको भाषा बनाउने र यसतर्फ गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]