११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

राष्ट्रिय परिचयपत्र वितरण शुरु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,११ फागुन । सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यबाट शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षद्वारा आयोजित कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पहिलो दिन १४ लाई राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभयो ।

प्रजिअ आचार्यले सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखि प्रारम्भ भएको जानकारी दिनुभयो । हरेक नेपालीको जैविक तथा वैयत्तिक विवरणलाई सुरक्षितरुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य शुरु गरेको हो ।

कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखि २०७७ भदौसम्म स्थगित भएको काम पुनः २०७७ असोजदेखि अघि बढाइएको जनाउँदै उहाँले जिल्लामा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८६६ को डाटा इन्ट्री भइसकेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको बलानबिहुल गाउँपालिकाको सबै छ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण सङ्कलन र दर्ता कार्य भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]