०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

राष्ट्रिय परिचयपत्र वितरण शुरु

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,११ फागुन । सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यबाट शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षद्वारा आयोजित कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पहिलो दिन १४ लाई राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभयो ।

प्रजिअ आचार्यले सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ साल असार १ गतेदेखि प्रारम्भ भएको जानकारी दिनुभयो । हरेक नेपालीको जैविक तथा वैयत्तिक विवरणलाई सुरक्षितरुपमा भण्डारण गर्ने उद्देश्यले नेपाल सरकारले सो कार्य शुरु गरेको हो ।

कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै २०७६ चैतदेखि २०७७ भदौसम्म स्थगित भएको काम पुनः २०७७ असोजदेखि अघि बढाइएको जनाउँदै उहाँले जिल्लामा राष्ट्रिय परिचयपत्र अभियानका लागि २७ हजार ८६६ को डाटा इन्ट्री भइसकेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाको बलानबिहुल गाउँपालिकाको सबै छ वडामा १६ र बोदेबरसाइन नगरपालिकाको सबै १० वटा वडामा ३७ वटा राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षमा खटेको टोलीमार्फत नागरिकको विवरण सङ्कलन र दर्ता कार्य भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]