१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

फैसलापछिको प्रतिक्रिया : निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा बढ्यो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,११ फागुन । प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक दलका नेता एवं कानूनका जानकारले स्वागत गर्दै निष्पक्ष र स्वतन्त्र न्यायालयको गरिमा अझै बढेको प्रतिक्रिया दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतले सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावनालाई जोगाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रनिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । सोही दिन नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस सदर गर्दै आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्रीको विघटनको सिफारिसलाई लिएर विभिन्न राजनीतिक दलले जनपरिचालनलगायतका सडक सङ्घर्षको कार्यक्रम गर्दै आएका थिए । नेकपाको एउटा समूहले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक बताउँदै आन्दोलन गर्दै आएको थियो । कांग्रेस, सजपाले पनि आन्दोलन र जनपरिचालनका कार्यक्रम गर्दै आएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलाशले आज साँझ प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएपछि राजनीतिक दल तथा कानून व्यवसायीले यसलाई सकारात्मक रुपमा लिँदै स्वागत गरेका छन् ।

नेकपाको दाहाल–नेपाल समूहले यसलाई जनता र संविधानको जितका रुपमा अथ्र्याएको छ । आज साँझ चितवनमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको बताउनुभयो ।

सोही पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ, सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।”

विघटित प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति प्रकाशन गरी उल्लेख गर्नुभएको छ ।

रासससँग कुरा गर्दै कानूनका जानकार एवं वरिष्ठ अधिवक्ताले अदालतले ऐतिहासिक फैसला गरेको भन्दै न्यायालयप्रतिको सम्मान अझै बढेर गएको प्रतिक्रिया दिनुभयो । समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो, “सर्वोच्च अदालत संविधानअनुसार निष्पक्ष र स्वतन्त्र छ भन्ने कुरा प्रष्ट भएको छ । सरकारविरुद्धको फैसलाले त्यो कुरालाई प्रमाणित गरेको छ ।” उहाँले अबको निकास संसद्बाट नै निस्कने विश्वास व्यक्त गर्नुभयो ।

नेता कर्णले अब संसद्बाट राजनीति शुरु हुने भएकाले सडकको राजनीति बन्द भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “केही मानिसले अदालतप्रति शङ्का गरेका थिए । त्यो गलत सावित भयो ।”

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र त्यसैमा उहाँको प्रतिष्ठा रहने भन्दै उहाँले राजीनामा दिएर देशलाई राजनीतिक निकास दिनुपर्ने धारणा राख्नुभयो । नेकपाका नेता एवं राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले अबको राजनीतिक निकास भनेको संसद्को बैठक बसेपछि शुरु हुने बताउनुभयो ।

उहाँले दलभित्रका कुरा आआफ्ना दलमा गरी नै रहे पनि अदालतले संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायापालिका भन्ने कुरालाई व्यावहारिकरुपमा नै पुष्टि गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले भनिआएका थियौँ, अरुको देशको हेरेर होइन, पुरानो संविधान हेरेर होइन, अहिलेको संविधान हेरेर फैसला हुन्छ । त्यही कुरा भएको छ ।”

उहाँले आगामी दिनको प्रक्रिया भनेको दलले आफ्नो काम गर्ने र राज्यको काम कसलाई प्रधानमन्त्री बनाउने, कसलाई हटाउने, कसलाई विश्वास गर्ने, कसलाई नगर्ने सबै नेपालीको सार्वभौमसत्ता एवं जनप्रतिनिधिमूलक संस्था संसद्ले सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।

वरिष्ठ अधिवक्ता बिडारीले भन्नुभयो, “प्रधानमन्त्रीले हाँसेरै मैले चालेको कदमको तपाईहरुले विरोध गर्नुभयो । अदालतले मेरो कामलाई फैसलाबाट बदर गरिदियो । त्यसकारण म राजीनामा दिन्छु भन्नुभयो भने योभन्दा ठूलो उहाँको प्रतिष्ठा अरु दृष्टिकोणबाट हुँदैन ।”

यस्तै फैसलालगत्तै नेकपाको दाहाल नेपाल समूहका नेता तथा कार्यकर्ताले रत्नपार्कमा दीप प्रज्वलन गरेका थिए । अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले आफूहरुले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन गरेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् । उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा […]

काठमाडौं । ‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) को संलग्नता रहेको विषय संसदमा उठेको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् । सांसद यादवले भने- ‘श्रममन्त्री डीपी […]

जनकपुरधाम । नेपाली कांग्रेसका नेता गोपाल प्रसाद साह जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार जनमत पार्टीका केन्द्रिय सचिवालय सदस्य ई.शम्भुनाथ साहले नेपाली कांग्रेसका नेता साहलाई पार्टीमा प्रवेश गराइएको छ। उनले पार्टीका सदस्यता तथा पार्टीको लोगोसमेत लगाएर पार्टीमा नेता साहलाई स्वागत गरेका हुन। पार्टी प्रवेश गरेका नेता साह जनकपुरधाम उपमहानगरपालिका-२४ का निवासी रहेको छ।उनी नेपाली […]