२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सामाजिक रुपान्तरण सरकारको प्राथमिकता : मुख्यमन्त्री राउत

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

जनता समाजवादी पार्टी, मिथिला बिहारी नगर समितिद्वारा आज मिथिलाबिहारी नगरपालिका–४ रमौलमा आयोजित मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको सिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मूलधारमा ल्याउन प्रदेश सरकारले सामाजिक रुपान्तरणको अभियानलाई अघि बढाएको बताउनुभयो ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बचाउ’ र आरक्षणको व्यवस्थाले सामाजिक रुपान्तरण भई सदियौँदेखि विभेदमा रहेका वर्ग राज्यको मूलधारमा ल्याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]