०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१३ फागुन । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।

विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् । विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।

विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक शिवनारायण यादवले बताउनुभयो । यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गर्नुभयो ।

लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताउनुभयो । कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् । उनले […]

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो । यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् । विद्यार्थीभित्र रहेका […]