०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

सिरहाको नरहा स्वास्थ्य शिविरमा ३२ को शल्यक्रिया

Logo
प्रकाशित आइतबार, फाल्गुण १६, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१६ फागुन ।नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् ।

महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् । सेनाको २७ बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८ को इसिजी, ४४ को अल्ट्रासाउण्ड र ९२ जनाको मधुमेह ९सुगर० परीक्षण गरिएको सेनाले जानकारी दिएको छ ।

गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, जनता वनवाली उच्च माध्यामिक विद्यालय, सगरमाथा आँखा अस्पताल र जानकी मेडिकल कलेज धनुषाले सहयोग पु¥याएका थिए । शिविरमा ४१२ जनाको विस्तृत स्वास्थ्य परीक्षण, १८६ जनालाई बालरोग र ८८ लाई स्त्रीरोग तथा ४० जनालाई इएनटीसेवा उपलब्ध गराइएको सेनाले जानकारी दिएको छ ।

शिविरमा १०५ जनाको आँखा परीक्षण र ३२ बिरामीको सर्जरी तथा ९८ इन्टरनल मेडिसिन गरिएको बाहिनी अड्डाले जनाएको छ ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशनमा उल्लेखित नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरको बाहिनीपति हेमराज केसीले शुभारम्भ गर्नुभएको थियो ।

मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्कीले स्वास्थ्य परीक्षण गर्न आएका स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभएको उक्त शिविरबाट उपलब्ध गराइएको गुणस्तरीय सेवाको गाउँपालिका अध्यक्ष रामशरण यादव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायतले खुलेर प्रशंसा गर्नुभयो ।

जिल्ला अस्पताल सिरहाका दुई, जानकी मेडिकल कलेजका छ, सगरमाथा आँखा अस्पातलका एक, स्थानीय एक र गुल्मका एक विशेषज्ञ चिकित्सकसहित १६ स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा पु¥याएको थियो ।

शिविरमार्फत स्थानीयवासीलाई रु पाँच लाख बराबरको औषधि वितरण गरिएको सेनाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सं) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा […]

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद साढे १३ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गरिएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो । शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले […]

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ । लक्ष्मीनिया गाउँपालिका -५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । […]