०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सप्तकोसी नगरपालिकामा अनियमिमता बढेको भन्दै जनप्रतिनिधि आन्दोलित

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१७ फागुन । सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् ।

एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै उनीहरू आन्दोलित भएका हुन् ।

नेकपाका प्रचण्ड(नेपाल समूह, कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातान्त्र पार्टीले आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराएको हो । नगरप्रमुखले कोभिड–१९ महामारीको बेला एक करोड र प्रदेशबाट आएको २० लाख रुपैयाँ अनियमितता गरेको उनीहरूको आरोप छ ।

विज्ञापनविनै कर्मचारी नियुक्ती गरिएको र शिक्षक नियुक्तीमा पनि आर्थिक चलखेल गरेर भर्ना गर्न लागेको वडा नं। १ का अध्यक्ष नारायण आचार्यले बताए । ‘कोभिड–१९ को बेला अढाइ करोडमध्ये १ करोडबढी रुपैयाँ अनियमितता भएको छ’ उनले भने–‘त्यसपछि पनि प्रदेशबाट आएको २० लाखको हरहिसाब छैन, हरहिसाब खोज्दा दिनै मान्दैनन् ।’

बाध्य भएर सर्वदलीय बैठक गुहार्नुपरेको उनले बताए । ‘सर्वदलीय बैठकबाट हामीले ९ वटा बुँदा उल्लेख गर्दै ज्ञापनपत्र बुझाए पनि वास्ता नै गर्दैनन्,’ उनले भने, ‘आज पुनः टीएमएल शिक्षक नियुक्त गर्न विज्ञापनविनै परीक्षा सञ्चालन गर्न खोजियो ।’

एकातर्फ हरहिसाबको जानकारी नदिने र अर्कोतर्फ मनोमानी ढंगले कर्मचारी नियुक्ति गर्न लागिएको उनले पत्रकार सम्मेलनमा बताए । ‘यसअघि पनि सबैजसो कर्मचारी मेयर, प्रमुख प्रशासकीय अधिकृतसहितका मिलोमतोमा बस्नेहरूकै आफन्तलाई नियुक्त गरिएको छ । र शिक्षक नियुक्तिमा पनि त्यही गर्न खोजिरहेकाले हामीले तत्काललाई परीक्षा रोक्न भनेका थियौँ,’ उनले भने, ‘नसुनेपछि म लगायत ६र७ जना जनप्रतिनिधि र चारवटै दल मिलेर आन्दोलन सुरु गरे ।’

आन्दोलनको पहिलो चरणमा शिक्षक भर्ना गर्न लिइरहेको परीक्षा हलमा तालाबन्दी गरेको उनले बताए । ‘अझै हरहिसाब र विभिन्न नियुक्तिबारे जानकारी नदिइए बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्ने हाम्रो योजना छ’, उनले भने ।

उता, नेकपा ओली समूहबाट निर्वाचित नगर प्रमुख उत्तमकुमार शर्माले राजनीतिक विवादका कारण आफूमाथि अनियमितताको आरोप लागेको प्रतिक्रिया दिए । ‘केन्द्रमा नेकपाबीच देखिएको राजनीतिक विवादले यो सबै भइरहेको छ’ उनले भने, ‘शिक्षक नियुक्त गर्न राष्ट्रिय मिडियामै विज्ञापन भएको छ ।’ यद्यपि, नगर प्रमुख शर्माले राष्ट्रिय मिडियाको नाम भने यकिन गर्न सकेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]