१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जसपा र कांग्रेस मिल्दा समेत केपी ओलीलाई हटाउन सकिँदैन : राजेन्द्र महतो

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

न्यूजमधेश डेस्क
कैलाली, १९ फागुन । जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ ।

महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, महतोले भन्नुभयो ।

आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताउदै उहाँले भन्नुभयो ‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हो ।’

साथै उहाले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेको आरोपसमेत लगाउनुभयो । ‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, कि दलको नेताबाट हटाउन सक्नुपर्‍यो नभए पार्टी फोरेर हटाउनुपर्‍यो’, महतोले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]