०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

हार्न छापको औषधि सेवनले मात्र मधेशको उपचार हुने : डा राउत 

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७

कमल मण्डल
राजविराज, २३ फागुन ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके. राउतले अहिले पनि वशांनुगत राजनितीमा भरोसा गर्नुका साथै लादने प्रयास भइरहेको बताएका छन् । सप्तरीको बोदे बसाईन नगरपालिका स्थित चन्द्रा माध्यमिक विद्यालय खेल मैदानको प्रांगनमा शनिवार अयोजना गरिएको आमसभामा उनले यस्तो बताएका हुन् ।

मालिक र दाससम्बन्धका कारण जनतालाई खेत जोत्न नदिने, बाटो बन्द गरिदिने, झुठा मुदा लगाइदिने डर त्रास समाजमा कायम नै रहेको बताउदै प्रमुख अतिथि डा। राउतले भने– “हामीलाई डराएर हैन डटेर राजनितिमा भाग लिनु आवश्यक छ ।”

दशकौंदेखी कांग्रेस, कम्युनिष्ट, जसपा जस्ता म्याद गुज्रेका औषधि सेवनले मधेशको उपचार हुन नसकेकोले, अब जनमत पार्टीको हार्न छाप औषधिसेवनले मात्र मधेशको उपचार हुने डा। राउतले दावी गरे । कहिले राजाको राज, राणाको राज र अहिले नेताको राज जस्ता व्यवस्थालाई अन्त्य गरी जनताराज ल्याउन जनमत पार्टीको जन्म भएको बताए । अबको निर्वाचनमा आफ्ना अुमुल्य मतलाई सदुपयोग गरी हार्न छापमा मतदान गरी जनता राज ल्याउन सबैलाई डा। राउतले आग्रह गरे ।

शासकको राज, गुण्डा तस्करको राज, आतंक मचाउनेको राज, हत्याराको राज र भ्रष्टहरुजस्ता राजलाई अन्त्य गर्न जनताको सरकार हुनु आवश्यक रहेको बताउदै सोही पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले भने– जनमत पार्टीको हार्न छापमा मतदान गर्नुपर्दछ ।

सोही कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा गैर आवासीय मधेश संघ अमेरीकाका प्रतिनिधि इन्द्रजीत कुमार यादवले भने– जनमत पार्टीलाई जिते पश्चात गर्नु पर्ने सम्पुर्ण कार्यहरु खोज अनुसन्धान गरि डिजाईन गरेर हामी त्यार रहेका छौं । उनले लाउडस्पीकर छापमा मतदान गरि जनमत पार्टीलाई विजय बनाउन आग्रह गरे ।

सोही नगरपालिकाको अधिवेशनको अवसरमा अयोजना गरिएको आमसभामा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका पुर्व इन्चार्ज सुरेन्द्र मधेशी, वरिष्ठ नेतृत्वमण्डलका केन्द्रिय सुचना प्रमुख तथा सप्तरीका इन्चार्ज सुर्यदेव यादव, वरिष्ठ नेतृत्व मण्डलका प्रतिनिधि अनिस अंसारी, मो। उसमान मियाँ, महिला जनमत सप्तरीका संयोजक शुशिला यादव, पार्टीका नेता डा। विरेन्द्र यादव, सोही पार्टीका बोदे बर्साइन नगर समितिका सचिव विद्यानारायण यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अधिवेशनमा बोदेबर्साइन नगरपालिकाको जनमत पार्टीको नगर समितिमा अध्यक्षमा ई। आलोक कुमार यादव ९आलोक सागर०, उपाध्यक्ष सुखदेव प्रसाद साह, सचिव विद्यानारायण यादव, सह सचिव रामसुफल पण्डिल, कोषाध्यक्ष सुनिता साहलगायत ३१ सदस्यसमिती चयन गरिएको छ ।

सोही नगरसमितिका संयोजक ई। आलोक कुमार यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा करीब ५ सय भन्दा बढी जनाले विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका थिए ।

साँस्कृतिक जनमत संघ सप्तरीका संयोजक मुकेश माझी, सविता माझी, सजींव ठाकुर, निरुता साह, सुभक मधेशी, मंजु मण्डललगायतका कालाकारहरुले नृत्य तथा गायनका माध्यमले दर्शकहरुलाई मनोरञ्जन समेत प्रदान गरेका थिए । कार्यक्रमका उद्घोषण थानेश्वर प्रसाद साहले गरे ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]