१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

रेशम चौधरीको विषयमा प्रधानमन्त्री र महन्थ ठाकुरबीच छलफल

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२५ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरेका छन्।

टीकापुर राजबन्दी रिहाइ सम्बन्धमा अध्यक्ष ठाकुर र संयोजक चौधरीबीच पनि गहन छलफल भएको छ। यस विषयलाई प्रधानमन्त्रीले पनि सकारात्मरुपमा लिएको र कानुनी जटिलताका कारण रिहाइ गर्न समस्या भएको ठाकुर भनाइ उद्धृत गर्दै चौधरीले बताए।

ुरेशम चौधरीलगायत टीकापुर घटनामा पार्टी संवेदनशिल छ। यस विषयमा सरकासँग निरन्तर छलफल पनि भइरहेको छ। प्रधानमन्त्रीजी यस विषयमा जानकार पनि हुनुहुन्छ। कानुनी प्रक्रियामा गएकाले रिहाइमा केही जटिलता भएको उहाँले भन्नुभएको छ,ु ठाकुरको भनाइ उद्धृत गर्दै चौधरीले भने।

यस विषयमा छलफल गर्न प्रधानमन्त्रीसँग छिट्टै भेटघाट हुने संयोजक चौधरीले बताए। ुप्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै कुराकानी गर्नु भन्नुभएको छ। सम्भवतः केही दिनभित्रै हामी उहाँसँग छलफल गर्छौं,ु चौधरीले भने।

टीकापुर घटना राजनीतिक घटना भएको र यसलाई राजनीतिक तवरबाटै समाधान गर्न केही महिनाअघि देखि अभियन्ता सुरेन्द्र चौधरी र डा सुरेन्द्र झाले अभियान थालेका थिए। यसबीचमा उनीहरुले दलका नेता, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग छलफल गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]