०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रधानमन्त्रीले जसपाका शीर्ष ५ नेतालाई बालुवाटार बोलाए

Logo
प्रकाशित बिहिबार, फाल्गुण २७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न जसपाका ५ शीर्ष नेताहरुलाई साँझ ५ बजे बालुवाटार बोलाएका हुन् । ओलीले बोलाएका नेताहरुमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई रहेका छन् ।

आजको छलफलमा जसपाले प्रधानमन्त्री ओलीसँग रेशम चौधरीको रिहाइको मागसहित सत्ता समिकरणका विषयमा छलफल गर्ने निर्णय गरेको छ ।

साँझ प्रधानमन्त्रीलाई भेट्न जाने निर्णय भएको नेता महतोले जानकारी दिए । उनले भने, ‘हामीले सबै पक्षसँग छलफल गर्ने नीतिअनुसार प्रधानमन्त्रीलाई भेट्न जान लागेका हौँ ।’

यसअघि पनि जसपाले प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुका विषयमा छलफल गरिसकेका छन् । भने सत्ता साझेदारीमा जाने नजानेबारे आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]