२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

दलहरुको आआफ्नै अडान

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,४ चैत्र । विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दो¥याएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उहाँको भनाइ छ ।

नेकपा ९एमाले० का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० अलगअलग भएपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको बताउनुभयो ।

नेकपा ९माओवादी केन्द्र० का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गर्नुभ्यो ।

नागरिक समाजका अगुवा डा सुन्दरमणि दिक्षितले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताउनुभयो । दलका नेताको झै–झगडामा कारण देश समस्यामा परेको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]