०४ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

सुत्केरीको रोदन ः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

नारायण ढुङ्गाना
काठमाडौं,६ चैत्र । चौध वर्ष अघि देवकुमार (दिपेश )भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ ।

अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौँको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो ।

उहाँ अहिले डेढ महिनाको सुत्केरी हुनुहुन्छ । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा हुनुहुन्न । बाह्र वर्षकी जेठी छोरी सुमित्रालाई आमाको स्याहार गर्न मुस्किल छ । आर्थिक र पारिवारिक समस्याले चार पढेकी सुमित्राको पढाइ टुटेको छ । उहाँका घरमा खानेकुरा भए त छिमेकीले पकाइदिन्थे, तर मजदूरी नहुँदा अन्नको जोहो हुन सकेको छैन । मनकारीसँग विनिता आँखा रसाउँदै याचना गर्नुहुन्छ, “सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ, सहयोगीले दुई–चार महिना सहयोग गरिदिए हुन्थ्यो ।”

विनितालाई श्रीमान्को ती बाचाले पोल्छ । श्रीमान् आफैँ एक्लै भागेका भए पनि उनलाई धेरै पीडा हुँदैनथियो । खोजीका लागि गहारगुहार गर्नुहुन्थ्यो । विनिताले श्रीमान्लाई अर्काकी श्रीमती लिएर भागेको आरोप लगाउनुभएको छ । नजिकै बस्ने आफ्नै देउरानी अस्मिता आएर बेलाबेलामा खाना पकाउन सहयोग गर्नुहुन्छ । “आफ्नो भनौदाले त छाडेर गयो अर्काले यसरी कति दिन सहयोग गर्लान् र”, मन भक्कानो पार्दै विनिता भन्नुहुन्छ, “छाँगाबाट खसेजस्तो भएकी छु ।”

बिहीबार उहाँको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पीडा कम गराउन छिमेकीले साथ दिइरहेका थिए । गएको असारदेखि मासिक चार हजार घर भाडा तिरेको छैन । पसलबाट सामान ल्याएको उधारा तिर्न बाँकी नै छ । विगतमा श्रीमानले कमाएको पैसा मदिरा खाएर सक्ने गरेको विनिता सुनाउनुहुन्छ । विलखबन्दमा परेकी विनितालाई आजकाल दैनिक गर्जो टार्न धौधौ भएको छ ।

सुत्केरी श्रीमती छाडेर हिँडेका श्रीमान्को आजसम्म अत्तोपत्तो छैन । उहाँका अनुसार त्यो दिन इलाममा बस्ने दिदीको घर जान्छु भनी बहाना बनाए घरबाट हिँडेका थिए । बीचमा फोन सम्पर्क हुँदा सप्तरीमा फागुन २८ मा साथीको बिहे छ, त्यो बिहे सकाएर जान्छु भनेको विनिता सुनाउनुहुन्छ । त्यसदिन छिमेकी एक व्यक्तिले देवकुमारले मेरी श्रीमती भगाएर लग्यो भनेर आफूसँग कुरा गर्न आएको सुनाउने विनिता पनि केटी लिएर भागेको दोहो¥याउनुहुन्छ ।

ती व्यक्तिले पनि श्रीमती खोजी पाउँ भनेर काँडाघारी प्रहरीमा उजुरी दिएको छ । विनिताले केटी लग्यो भनेर उजुरी हाले छिट्टै आउनुस् भनेर श्रीमानलाई सप्तरीबाट फर्कन आग्ह गनुृभयो । फागुन २९ गते बिहान घर हिँडे भनेर जानकारी दिएको मान्छे त्यसदिन पछि मोबाइल बन्द भएको विनिताले सुनाउनुहुन्छ ।

देवकुमार घर बनाउने मिस्त्री हुन् । विनिता गार्मेन्टको काम गर्नुहुन्थ्यो । दुवैले चौध वर्षसम्म सँगै सङ्घर्ष गरे । दुवै कहिले काठमाडौँ त कहिले भारत गई काम गरेर जीवन गुजारा गरे । केही सीप नलागेपछि धेरै कमाउने आशा बोकेर उनले श्रीमान्लाई विसं २०७२ मा मलेसिया पठाउनुभयो । त्यहाँ पनि कमाई नभएपछि एक वर्षमै फर्किएको र विदेसिँदा लागेको ऋण पछि मजदूरी गरेर तिरेको उहाँ बताउनुहुन्छ ।

कमाइ नभए पनि दुवैले काम गर्दा परिवार राम्रै थियो । गत सालको बन्दाबन्दीपछि भने उहाँको दुःखका दिन शुरु भए । काम गर्ने ठाउँमा मजदुरी गर्ने एक महिलासँग हिमचिम बढेको विनिता बताउनुहुन्छ । उहाँका अनुसार गएको मङ्सिरपछि भने घरमा नआउने, बाहिरबाहिरै बस्ने गर्न थाले ।

अर्की महिलासँगको लसपस चाल पाएपछि घर परिवारबाट छुटाउने प्रयास धेरै पटक भएको उहाँ सुनाउनुहुन्छ । दुवैलाई राखेर छलफल गराउँदा सुध्रने प्रतिबद्धता पनि आएको छिमेकी ९विनिताकी देउरानी० अस्मिता भुजेल बताउनुहुन्छ । उहाँ पनि त्यही महिला लिएर भागेको जिकिर गर्नुहुन्छ । फागुन २० गते २१ दिने सुत्केरीलाई अलपत्र पारी उनी हराएका छन् । अहिले विनिताले पनि प्रहरीमा श्रीमान्को खोजी गरी पाउँ भनेर निवेदन दिनुभएको छ । मोबाइल बन्द भएकाले खोजी गर्न नसकिएको प्रहरी बताउँछन् ।

प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठ दुवै परिवारको तर्फबाट हराएकाले खोजी गरी पाउँ भनेर निवेदन परेकाले खोजी जारी रहेको बताउनुहुन्छ । घटनामा उनीहरु संलग्न भएनभएको भने फेला परेपछि मात्रै थाहा हुने उहाँको बनाइ छ । अशिक्षा, पुरुषको स्त्रीप्रतिको आशक्ति, महिलाप्रति हुने हेय व्यवहार, पुरानो सामाजिक मूल्य मान्यताका कारण कानूनमा कडाइ गरे पनि समाजमा अर्को लिएर भाग्ने क्रम रोकिएको छैन ।

यौनाशक्ति, आर्थिक समस्या र मानसिकरुपमै मानवीय कमजोरीका कारण यस्ता समस्या निम्तिने मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना बताउनुहुन्छ । उहाँका अनुसार केही महिलाले अर्को महिलाको पीडा बुझ्नुभन्दा पनि विवाहोत्तर सम्बन्धका घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालका अनुसार घरमा श्रीमती हुँदाहुँदै अर्को महिला भगाएको भनेर बेलाबेलमा उजुरी आइरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र यसरी विवाह भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु दश हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो विवाह स्वतः बदर हुने कानूनी व्यवस्थासमेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]