०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं, ७ चैत । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ः३० बजेदेखि चैत १० गते दिउँसो १२ः ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले राससलाई जानकारी दिनुभयो ।

मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १०ः ३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ ।

यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासङ्घको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताउनुभयो । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासङ्घको केन्द्रीय कार्यालयमै रहेको छ ।

यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ । ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए। लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने […]

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ […]