०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

ब्यापारीहरूको समस्या समाधानका लागि सधै तयार रहनेछु : मनोज शर्मा

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

कुलदिप दास ( प्रेम)
जनकपुरधाम,१० चैत्र । जनकपुरधामको व्यापार व्यवसायलाई अझै ब्यबस्तिथ गर्दै प्रदेशकै उत्कृष्ट बजार स्थापित गर्ने व्यवसायी मनोज शर्माले बताएका छन ।

यहिे चैत्र २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिएका शर्माले सो कुरा बताएका हुन ।

केही बर्ष यता जनकपुरधामका ब्यापारीहरू बोर्डर पारी गएर सामान किनमेल गर्न थालेपछि जनकपुरधामको ब्यापार ब्यवसाय खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै शर्माले आफु निर्वाचित भएपछि सो कुराको अन्त्य गर्दै यहाँको बजार ब्यवसायलाई फस्टाउँदै उन्नति तर्फ लैजाने बताएका छन ।

केही बर्ष यता जनकपुरधाममा पर्यटकको संख्यामा समेत कमी आएको तर्फ ईगिंत गर्दै पर्यटकको संख्या बढाउनु पर्नेमा आफ्नो अमुल्य योगदान रहने समेत बताएका छन ।

बिभिन्न समयमा व्यवसायीहरू माथि हुने पिर मार्का, समस्याहरूलाई समाधान गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै आफुलाई व्यवसायीहरूले जुनसुकै समयमा सम्झिए आफु सहयोगका लागि तत्पर रहने उल्लेख गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जनमतकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]