०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

ब्यापारीहरूको समस्या समाधानका लागि सधै तयार रहनेछु : मनोज शर्मा

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

कुलदिप दास ( प्रेम)
जनकपुरधाम,१० चैत्र । जनकपुरधामको व्यापार व्यवसायलाई अझै ब्यबस्तिथ गर्दै प्रदेशकै उत्कृष्ट बजार स्थापित गर्ने व्यवसायी मनोज शर्माले बताएका छन ।

यहिे चैत्र २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिएका शर्माले सो कुरा बताएका हुन ।

केही बर्ष यता जनकपुरधामका ब्यापारीहरू बोर्डर पारी गएर सामान किनमेल गर्न थालेपछि जनकपुरधामको ब्यापार ब्यवसाय खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै शर्माले आफु निर्वाचित भएपछि सो कुराको अन्त्य गर्दै यहाँको बजार ब्यवसायलाई फस्टाउँदै उन्नति तर्फ लैजाने बताएका छन ।

केही बर्ष यता जनकपुरधाममा पर्यटकको संख्यामा समेत कमी आएको तर्फ ईगिंत गर्दै पर्यटकको संख्या बढाउनु पर्नेमा आफ्नो अमुल्य योगदान रहने समेत बताएका छन ।

बिभिन्न समयमा व्यवसायीहरू माथि हुने पिर मार्का, समस्याहरूलाई समाधान गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै आफुलाई व्यवसायीहरूले जुनसुकै समयमा सम्झिए आफु सहयोगका लागि तत्पर रहने उल्लेख गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]